धरान: राजश्व तिरेर स्वीकृति लिएको भन्दा बढी परिमाणमा खयर लोड गरि ल्याएको पाइएपछि धरानबाट ८ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी सहायक निरीक्षक डाइमण्ड ज्योती घिमिरेको नेतृत्वमा शुक्रबार ट्रकहरु नियन्त्रणमा लिएको हो । कोशी राजमार्ग हुदै इटहरीतर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ०६०९, को १ ख ७२९७, प्रदेश १-०२-००२ ख ०५३०, ना ६ ख ७४७७, प्रदेश १-०२-००२ ख ०५५९, को १ ख ५५९२, प्रदेश १-०२-००१ ख ८४५० र प्रदेश १-००१ ख ४५४५ नम्बरको ट्रकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय धरानका अनुसार चेकजाँच गर्ने क्रममा राजश्व तिरेको भन्दा बढी परिमाणको खयर जातको काठका टुनाहरु लोडगरी ल्याएको भेटिएको थियो । ती ट्रकहरु हिजो साँझ नै तीनकुनेस्थित वन कार्यालयलाई आवश्यक कारबाहीको लागि बुझाइएको धरानका डिएसपी प्रकाश जवेगुले जानकारी दिए ।