धरान: मन्टेश्वरी किन्डर गार्डेनको १८ औं बार्षिकोत्सव तथा १५ औं दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । 

धरान १६ जोरसखुवास्थित किन्डर गार्टेनमा कोशी प्रदेशसभाका सदस्य (सांसद) रमेश बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सांसद बस्नेतले शिक्षा क्षेत्रमा निजी विद्यालयहरुबाट भएको योगदानलाई पनि राज्यले कदर गर्नुपर्ने धारणा व्यक्त गरे । संस्थागत विद्यालयहरुमा पढ्ने लहर बढेपनि सञ्चालकलाई हेर्ने दृष्टिकोण अलिक बेठिक भएको सांसद बस्नेतले बताए । 

‘यति धेरै योगदान निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको छ, यो योगदानलाई समुदायबाट पनि सम्मान गर्नुपर्छ, र राज्यले पनि हिनताबोध हुनेगरि व्यवहार गर्नुहुदैन, प्रोत्साहन गर्नुपर्छ,’ उनले भने,‘यसो भन्दा निजी क्षेत्रलाई प्रोत्साहन गरेको र सामुदायिक विद्यालय नचलोस् भन्ने अर्थ होइन । सामुदायिक विद्यालय सञ्चालन गर्ने राज्यको दायित्व छ, व्यवस्थित गनुपर्छ तर, अहिले नै संस्थागत विद्यालयहरु नचल्ने हो भने त्यसको भार राज्यले थाम्न सक्दैन ।’

भिडियो:

निजी क्षेत्रको योगदानलाई हेयको दृष्टिले हेर्ने भन्दा पनि लगानी र योगदानलाई कदर गरेर अझै गुणस्तरीय शिक्षा प्रदान गर्नतर्फ सबै तहका सररकार लाग्नुपर्ने सांसद बस्नेतले बताए । कार्यक्रममा युकेजीदेखि कक्षा ४ सम्मका विद्यार्थीहरुले नृत्य, संगीत, गायन प्रस्तुत गरेका थिए । युकेजीका विद्यार्थीहरुलाई प्रमाणपत्रसहित दिक्षित पनि गरिएको थियो ।

मन्टेश्वरीकी प्रिन्सिपल सुलेखा जोशीले बालबालिकाहरुमा धेरै सम्भावना हुने भएकोले सानैदेखि सहीरुपमा मार्गनिर्देशन गर्नुपर्ने बताइन् । ‘सानैदेखि बच्चाहरुलाई राम्रो गर्नसक्छौं भनेर प्रोत्साहन गर्दै हुर्काउदै जानुपर्छ,‘ उनले भनिन् । कार्यक्रममा संस्थापक निर्देशक किशन मास्केले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्ष गौरवमान श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

manteswori1 copy

manteswori2 copy

manteswori4 copy

manteswori3 copy

manteswori5 copy

monteswori6