धरान: २५ औं गोधुली टेष्टी टेष्टी रनिङ कप फुटबल प्रतियोगितामा धरानको वडा नं ६ पनि क्वाटरफाइनल प्रवेश गरेको छ ।
बुधबार राती धरानको वडा नं १० लाई ४–० को सहज जित हात पार्दै वडा ६ क्वार्टरफाइनल प्रवेश गरेको हो । योसँगै जारी प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पनि पुरा भएको छ । अब वडा नम्बर ६ ले क्वाटरफाइनलमा वडा नम्बर १४ को सामना गर्नेछ ।
बुधबारको खेलमा पकड जमाउदै वडा ६ ले १३ औं मिनेटमा गोलको खाता खोलेको थियो । सन्देश राईले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको १८ औं मिनेटमा सुवास राना मगरको अग्रता दोब्बार बनाए भने लगत्तै १९ औं मिनेटमा सन्देश राईले पुनः गोल गर्दै पहिलो हाफको खेल सकिदा ३–० ले वडा नं ६ ले खेलमा अग्रता लिएको थियो ।
दोस्रो हाफको खेलमा वडा १० ले लय समाउन खोजेपनि स्कोर भने गर्न सकेन । खेलको ५० औ मिनेटमा वडा ६ का यमन मगरेले गोल गर्दै ४–० को गोलअन्तरमा जित दिलाए । उक्त खेलको म्यान अफ द म्याच वडा ६ का सन्देश राई घोषित भए । उनलाई माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरका सञ्चालक कुमार तामाङले नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।
भोली (बिहिबार)को पहिलो क्वार्टरफाइनल खेल साविक बिजेता वडा नं. १३ र वडा नं १५ बीच हुने आयोजक गोधुली क्लबले जनाएको छ । साँझ ६ः३० बजे शुरु हुने खेल निक्कै प्रतिस्पर्धात्मक हुने अनुमान छ । दुवै उपाधिको दाबेदार टिम हो ।
भिडियो: