धरान: खानेपानीको माग गर्दै दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिले धरान १६ स्थित खानेपानीको विल काउन्टर बन्द गरेर धर्ना दिइरहेको छ । धरानमा चरम खानेपानी अभाव हुन थालेपछि विरोधमा उत्रिएको संघर्ष समितिले एक सातादेखि काउन्टरमा ताला लगाएर धर्ना दिन थालेको हो । खानेपानी संस्थान हस्तान्तर ...
धरान: नगर प्रमुख तिलक राईले धरान उपमहानगर खेलकुदको राजधानी रहेको बताउँदै कुन खेललाई कति सहयोग गर्ने भनेर उपमहानगरपालिकाले आवश्यक नीति बनाउने बताएका छन् । तेक्वान्दो खेलका लागि खेलकुद सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख राईले यस्तो बताएका हुन् । उनले आइतबार धरानका खेलकुद संघसंस्था, क्लब र पदाधिकारीह ...
धरान: खानेपानीको चरम अभाव भोगिरहेको धरानमा आज (शुक्रबार) देखि भने केही वडाहरुमा सहजरुपमा उपलब्ध हुन थालेको छ । धरानको वडा नं ११, १६, १७ र १८ मा खानेपानी आउन थालेको हो । खानेपानीलाई सहज बनाउन हरसम्भव प्रयत्न भइरहेको धरान खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजु पोखर ...
धरान: कोभिड १९ संक्रमणको जोखिम पुनः बढ्दै गएपछि सरकारले जारी गरेको जनस्वास्थ्य मापदण्ड सुनसरी जिल्लामा अनिवार्यरुपमा लागु गर्ने निर्णय गरिएको छ । आज शुक्रबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको डिसिसिएमसि बैठकले यस्तो निर्णय गरेको हो । सर्वसाधारणमा चेतनाको अभावले स्वास्थ्य ...
काठमाण्डौं: नेपालमा पनि कोरोना संक्रमणको दोस्रो लहरको जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुनबाट रोक लगाउन सिफारिस गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन सेन्टर ९सीसीएमसी० को आजै बस्ने बैठकले सिफारिसबारे निर्णय गर्ने बताइएको छ। मन्त्रालयका सहप्रवक्ता डा.समीर अधि ...
धरान: धरानका युवा गल्फर शुक्रबहादुर राई पोखरामा सम्पन्न सुर्य नेपाल वेष्टर्न ओपन २०२१ को पनि च्याम्पियन भएका छन् । पोखराको पार ६९ को गल्फ कोर्षमा आज सम्पन्न प्रतियोगितामा कुल ६ अण्डर २०१ स्कोरको कार्ड बनाउदै शुक्र च्याम्पियन भएका हुन् । उनले अन्तिम दिन आज २ अण्डर ६७ स्कोर खेलेका थिए । पहिलो दि ...
धरान: पुर्वी नेपालमा भुकम्पको धक्का महशुस भएको छ । आज सोमबार राती करिब ९ बजेतिर धरानलगायत पुर्वी भेगमा भुकम्पको धक्का महशुस भएको हो । उक्त भुकम्पको केन्द्रविन्दु भारतको सिक्किम राज्य भएको बताइएको छ भने भुकम्प ५.८ रेक्टरको भएको बताइएको छ। ...
धरान: नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्ष पदमा ४ जनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । दुई गठबन्धनको उम्मेदवारबीच मात्र प्रतिस्पर्धा हुने अपेक्षा गरिए पनि बाघी उम्मेदवारकोरुपमा २ जनाले उम्मेदवारी फिर्ता नलिएपछि अन्ततः ४ जनाबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुने भएको छ । चैत २५ गते हुने चुनावम ...
सुनसरी: चैत १२ गते एक जनाको ज्यान जाने गरि भएको सवारी दुर्घटनामा ठक्कर दिने बसको चालकलाई भगाएर नक्कली चालक खडा गर्ने यातायात प्रालिका दुई जना सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर १२ का जीवन खनाल र नेत्रप्रसाद पाठक रहेका छन् । उनीहरु दुवै कोशी यातायात प्रालि इटहरीको सञ्चालक समितिको ...
धरान: खुवालुङ–पछिल्लो समय राष्ट्रिय र अन्तराष्ट्रियरुपमा चर्चाको केन्द्रमा छ । खास गरि विराटनगरमा आयोजित आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले जल यातायातको विकासको सन्दर्भमा सप्तकोशीमा अवरोध पन्छाउने धारणा राखेपछि खुवालुङबारे सबैको ध्यान केन्द्रीत भयो । प्रधानमन्त्री ओलीले खुवालुङकै बारे बोलेको भन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित