धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार राती फेरि लफडा भएको छ । प्रतिष्ठानका लेखा प्रमुख कमल रायमाझीले छिमेकी क्वार्टरमा रहने एक डिएम अध्ययनरत डाक्टरलाई धाकधम्की दिएको बिषयले विवाद निम्तिएको हो । रायमाझी विरुद्ध डाक्टर विप्लव कार्कीले प्रहरीमा लिखित निवेदन पनि दिएका छन् । ...
सुनसरी: दाजुभाई बीच गोली हानेर उडाइ दिने भन्दै झगडा हुँदा सुनसरीको कोशी गाउँपालिकाबाट हतियारसहित दुई दाजुभाईलाई पक्राउ परेका छन् । सशस्त्र प्रहरीले शनिवार कोशी गाउँपालिका ५ स्थित कुम्याहीबाट ४८ बर्षीय विद्यानन्द यादव र ४६ बर्षीय चन्द्रदेव यादवलाई हतियारसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार दुव ...
झापा: प्रहरीले झापाको दमक नगरपालिका ७ हाटखोलाबाट जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट २ लाख बढी नगद पनि वरामद भएको छ ।ईलाका प्रहरी कार्यालय दमकका अनुसार पक्राउ पर्नेहरुमा दमक ७ का ४० वर्षीय कर्ण बहादुर राई, ४४ बर्षीय गंगा पाठक, ४० बर्षीय राजन दाहाल, गौरादह ३ का ४२ वर्षीय दिनेश अ ...
धरान: विश्वव्यापी अनलाइन कोङकोङमा (विनायो) वादन प्रतियोगितामा झापाका बल बहादुर राई प्रथम भएका छन् । झापाको कमल गाउँपालिका ६ का राई भच्र्युअल जुम माध्यमबाट हिजो बिहिबार सम्पन्न प्रतियोगितामा प्रथम भएका हुन् । फाइनलमा सहभागी अन्य १९ जनालाई पछि पार्दै उनले प्रथम पुरस्कार जितेका हुन् । यस्तै, प्रतियोगित ...
मोरङ: छोरी जन्म दिएपछि घाँटी थिचेर हत्या गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा नवजात शिशुकी आमा, बुबा, हजुरआमा र हजुरबुबा छन् । प्रहरीका अनुसार मोरङको रंगेली नगरपालिका ५ आँपगाडी टोलका अरुण मण्डलकी २५ बर्षीया श्रीमति खुस्बु मण्डलले आइतबार राती साढे ८ बजेतिर छोरी जन्म दिएकी थिइन ...
धरान: कोरोना महामारीको दोस्रो लहरको कारण रोकिएको भुमिहिन तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्य धरानमा फेरि शुरु भएको छ । प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै जनजीवन सहज हुदै गएपछि धरानमा पनि हिजो आइतबारदेखि भुमिहिन, सुकुम्बासीहरुको लगत संकलन कार्य शुरु भएको हो । मेयर तिलक राई अध्यक्ष रहे ...
धरान: कोरोना संक्रमण पुर्णरुपमा नियन्त्रण आउन नसके पछि यसबर्ष पनि धरान १४ स्थित पिण्डेश्वर महादेवको मन्दिरमा बोलबम धार्मिक मेला नलाग्ने भएको छ । निषेधाज्ञा खुकुलो हुँदै गएपनि धरानमा समेत संक्रमणको दर उच्च नै रहेपछि पिण्डेश्वर बाबाधाम समितिले यसपाली पनि बोलबम धार्मिक मेला नलगाउने जनाएको हो । बाबाधाम ...
विराटनगर: सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा दोषी ठहर भएपनि फरार रहेका २ जना व्यक्तिलाई पक्राउ गरेर प्रहरीले कारागार पठाएको छ । फरार रहेका सुनसरीको ईटहरी २ का २८ बर्षीय बिकाश कार्की र मोरङ कानेपोखरी ३ का ४१ बर्षीय लक्ष्मण सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । फरार प्रतिबादीहरु खोजतलास अभिया ...
धरान:रोटरी क्लब अफ धरान घोपाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार बिहान वृक्षारोपण गरेको छ । प्रतिष्ठान हाताभित्रको खाली जग्गालाई हरियाली बनाउने तथा वातावरण संरक्षण गर्ने उद्देश्यले रोटरीले वृक्षारोपण गरेको जनाएको छ । धरानका मेयर तिलक राईको प्रमुख आतिथ्यमा प्रतिष्ठान क्षेत्रमा ...
मोरङ: मोरङको बेलवारी नगरपालिका १ गाँईघाट टोलबाट ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटाको हिलेका दुई जना महिला छन् । उनीहरुलाई हिजो बिहिबार बेलुका साढे ५ बजे ब्राउन सुगरको कारोबार भईरहेको बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित