धरान: प्रहरीले मोरङको केराबारीबाट हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीका अनुसार हिजो साँझ करिब साढे ५ बजे केराबारी गाउँपालिका ९ देवीझोडाका ५९ बर्षीय गणेश लिम्बुको घरबाट हतियार वरामद भएको हो । ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले लिम्बुको घरमा खानतलासी गर्दा कटुवा पेस्तोल एक थान ...
धरान: धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा आक्रमण गरि तोडफोडमा संलग्न भएका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा १० जना संलग्न भएका थिए । ती मध्ये पक्राउ परेका मुख्य आरोपीहरु ५ जनाहरुलाई आज जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिकसमेत गरेको छ । पक्राउ पर्नेहरुमा घटना मुख्य ...
धरान: धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा आक्रमण गर्ने मध्येका दुई युवाले धनकुटामा प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् । हिजो साँझ स्थानीय जनप्रतिनिधि र आफन्तसहित विकास भन्ने रेगन लिम्बु र वसन्त राईले सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी सन्तु जैसवालले जानकारी दिए । डिएसपी ...
विराटनगर: तीन दिनअघि विराटनगर ४ स्थित एयरपोर्ट सडक खण्डमा मादक पदार्थ सेवन गरेर चलाएको कारले ठक्कर दिएका एक घाइतेको उपचारको क्रममा निधन भएको थियो । उक्त घटना पश्चात कार चालक फरार भएका थिए । घटना पछि फरार रहेका चालक विराटनगर ५ वरगाछीका २४ बर्षीय रविन सिंह कार्कीलाई प्रहरीले आइतबार दिउँसो ४ बजे ...
मोरङ: मोरङको सुन्दर हरैचाबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्न भएका ७ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै सुनसरीको इटहरी निवासी छन् । मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा इटहरी १३ का २८ बर्षीय राजेश महेता, इटहरी २० का ३८ बर्षीय बलराम गुरुङ, इटहरी २ का ३९ बर्षीय भवेस भन्ने स ...
धरान: कोरोना संक्रमण अझै बढीरहेको भन्दै सुनसरीमा पुनः एक साताको लागि निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरेको हो । यसअघि थपिएको निषेधाज्ञाको अवधि भोली राती १२ बजे सकिन लागेपछि आज प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले थप एक सा ...
धरान: कोरोना महामारीको दोस्रो लहरको कारण बिहिबार धरानमा सिमित संख्याको उपस्थितिमा साइकलप्रेमीहरुले विश्व साइकल दिवस २०२१ मनाएका छन् । ट्रायथलन धरान र साइक्लिङ विपीकेआइएचएसले न्युन संख्यामा साइक्लिष्टहरुको उपस्थितिमा यो दिवस मनाएको हो । पुर्वमा साइक्लिङको क्रेज सबैभन्दा बढी धरानमा छ । यहाँ स्वास्थ्यक ...
धरान: उच्च अदालत विराटनगरले कोभिड १९ को कारण देखाउदै जारी निषेधाज्ञाको मारमा परेर जिविकोपार्जन गर्न नसकेका विपन्न नागरिकहरुलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश सरकार र स्थानीय तहलाई अन्तरिम आदेश दिएको छ । मुख्यन्यायाधिश तिलप्रसाद श्रेष्ठ र न्यायाधिश राजनप्रसाद भट्टराईको संयुक्त इजलाशले हिजो बुध ...
धरान: गत बैशाख ८ गते साँझ मोरङको केराबारीमा १० जनाको टोली शिकार खेल्न बाँसघारी खोप राष्ट्रिय वन क्षेत्रमा गएका थिए । ती मध्ये केराबारी ३ का ३२ बर्षीय हस्तबहादुर राई भोलीपल्ट मृत अवस्थामा भेटिएका थिए । घटनाबारे अनुसन्धान गर्न खटिएको प्रहरी टोलीले भरुवा बन्दुकको गोली दाहिने कुममा लागेको अवस्थामा हस्तब ...
धरान: कोशी राजमार्गको सडक खण्डमा पर्ने धरान ८ वरगाछीमा पैदल यात्रीलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालक करिब एक महिना पछि पक्राउ परेका छन् । गत बैशाख २० गते राती करिब साढे ८ बजे पैदल यात्री सहलमान राईलाई मोटरसाइकलले ठक्कर दिदा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित