धरान: सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा गोपाल श्रेष्ठ निवार्चित भएका छन् ।
मंगलबार सम्पन्न मतगणना अनुसार उनले १६०५ मत प्राप्त गरेर अध्यक्षमा निवार्चित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी शिवराज श्रेष्ठले मात्र ६४७ मत पाए । श्रेष्ठ अघिल्लो पटक पनि अध्यक्षमा पराजित भएका थिए । सोमबार सम्पन्न भएको मतदानको मतगणना आज गरिएको हो । कुल २९०७ मतदाता रहेको संघमा २३४० मत खसेको थियो ।
वाणिज्य सदस्यतर्फ नविन राजभण्डारी (९२९), अमित अग्रहरी (९०१), शैलेशकुमार आचार्य प्रमोद (८९९), शशी साह (८२०), विवेक अग्रवाल (८४०), रामस्वरुप शर्मा (८६३), जयप्रकाश शर्मा (८५१) र किसन मास्के (७८५) विजयी भएका छन् । वाणिज्य महिला सदस्यतर्फ बर्षा अग्रवाल श्रेष्ठ ८८० मतका साथ विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्धन्दी ममता शाक्यले ४५३ मत मात्र पाइन् ।
यस्तै, उद्योग सदस्यतर्फ बिष्णु वराल (५५०), महेन्द्र प्रधान (५४६), प्रभाव खतिवडा (५०३) र कृष्ण पाठक (४८१) मत पाएका विजयी भएका छन् । यसैगरि, एशोसिएट सदस्यतर्फ ललितकुमार अग्रवाल (११७), राजेश अग्रवाल (८०) र राजु शाह (७५) मत पाएका विजयी भएका छन् ।
यसैगरी, बस्तुगत सदस्यतर्फ नविनकुमार तामाङ र नारायण लिम्बु निर्विरोध निर्वाचित भएका छन् भने उद्योग महिला सदस्यतर्फ पनि मीना राई निवार्चित निवार्चित भएकी छिन् ।