धरान: सुनसरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्न मतदान भैरहेको छ ।
संघको धरान १ स्थित कार्यालयमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । संघको अध्यक्षमा गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठ आआफ्नै समुहको प्यानल बनाएर उम्मेदवारी दिएका छन् । मतदानस्थलमा मतदाताहरुसङ्गै ठूलो संख्यामा राजनीतिक दलका नेताहरु, सान्सदहरुको पनि उपस्थिति रहेको छ ।
निर्वाचन प्रमुख डा।राजेन्द्र शर्माका अनुसार कुल मतदाता संख्या २९०७ रहेको छ । ती मध्ये वाणिज्यतर्फ १७८४, उद्योगतर्फ ९६२, एशोसिएटतर्फ १४० र बस्तुगततर्फ २१ मतदाता रहेको पनि शर्माले बताए ।
निर्वाचनमा गोपाल श्रेष्ठ समुहबाट उद्योगतर्फ कृष्ण प्रसाद पाठक, प्रभाव खतिवडा, बिष्णु बराल र महेन्द्र प्रधान उम्मेदवार छन् । यस्तै, बाणिज्यतर्फ अनिल अग्रहरी, किसन मास्के, जयप्रकाश शर्मा, नवीन राजभण्डारी, रामस्वरुप शर्मा, विवेक अग्रवाल, शशी साह, शैलेशकुमार आचार्य ९प्रमोद० उम्मेदवार छन् भने वाणिज्य महिलातर्फ वर्षा अग्रवाल उम्मेदवार छन् । एशोसिएटतर्फ अशोक जैन, मनिष अग्रवाल र ललितकुमार अग्रवाल उम्मेदवार छन् ।
अध्यक्षका प्रत्यासी शिवराज श्रेष्ठ समुहबाट वाणिज्यतर्फ अर्जुन श्रेष्ठ, उपेन्द्र चाम्लिङ, कृष्ण ठाकुर, चन्द्रबहादुर सुवेदी, सागर प्रसाई र सीताराम आचार्य उम्मेदवार छन् भने वाणिज्य महिला तर्फ ममता शाक्य उम्मेदवार छन् ।
यस्तै, उद्योगतर्फ उमेश अग्रवाल, खड्ग बहादुर बस्नेत ९राजु० र शिवनन्द साह उम्मेदवार छन् भने एशोसिएटतर्फ राजु साह र राजेश अग्रवाल उम्मेदवार छन् ।