भ्यानकुभर क्यानाडा: नेपाली संगीत जगतमा सर्वाधिक चर्चामा रहेको ब्याण्ड ज़ोन एण्ड द लोकल्सले क्यानाडा टुरको पहिलो शो जुलाई १९ मा भव्यता साथ सम्पन्न गरेको छ ।
पश्चिमी क्यानाडाको भ्यानकुभरमा आयोजित उक्त कार्यक्रममा भव्य दर्शकहरुको उपस्थितीमा सम्पन्न भएको हो । भ्यानकुभरस्थित औरुम थिएटर हलमा आयोजित उक्त शोमा ५ सय भन्दा बढ़ी दर्शकको उपस्थिति रहेको थियो ।
यार्सा ईभेन्टको आयोजना र केटिएम रक्सको सहकार्यमा आयोजित ज़ोन एण्ड द लोकल्सले आफ्नो गीत निहितको प्रस्तुतीबाट आफ्नो शो सुरु गरेका थिए । ज़ोन एण्ड द लोकल्सको पहिलो प्रस्तुती बाटै दर्शकको झुमेका थिए । निहित गीत प्रस्तुतीबाट सुरु भएको शो मा दर्जनौ प्रस्तुती दिदा पनि दर्शक नथाके पछि ब्याण्डले थप केही गीत प्रस्तुती दिएका थिए ।
दर्शक नथाके पछि ब्याण्डले समयको कारण थप प्रस्तुति दिन भने सकेन । तर दर्शक भने ब्याण्डको प्रस्तुतीबाट थाकेका थिएनन् । दर्शकहरुको धित नमरेपनि पत्तै नपाई शो सकियो । ज़ोनको प्रस्तुतीले नअघाएकी एक महिला दर्शक अगस्टमा हुने क्यालग्यारीको शो मा पनि जाने बताईन । उनि भन्छिन्, म ब्याण्डको फ्यान यसै हो त्यो भन्दा बढ़ी उनीहरुको गीतको भाव मलाई मन पर्छ।
यसैगरि, पुर्ण राई एण्ड दाजु भाई ब्याण्ड मन पर्ने बताउने एक दर्शकले ज़ोन एण्ड द लोकल्सको पनि प्रस्तुतिले आफुलाई तानेको बताइन्े । मनोरञ्जन गर्दा गर्दै प्रस्तुती सकिएपछि मन अलिक खल्लो भएको उनले बताइन् ।
बेलुकीको करिब १० बजे स्टेज प्रवेश गरेको ब्याण्डले लगभग डेढ दर्जन गीत प्रस्तुती दिएका थिए । उक्त अवधिमा ब्याण्डले निहित, भनन मात्र, बादल सरी, बिर्सिदिन्छु, फर्कन्न होला, पर्खि, रहेछु, प्रश्न, मुटु देखिन,साधना र दर्शकको वान्समोरमा हावा जस्तै र के गरु बोलको गीत प्रस्तुत गर्दै आफ्नो प्रस्तुतीलाई विट मारेको थियो ।