विराटनगरः प्रदेश एकका सबै सांसदले कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणको लागि सरकयरले स्थापना गरेको कोषमा आधा महिनाको तलब दिने भएका छन् । संसद सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीका अनुसार सत्तापक्ष र विपक्षी सबै सांसदहरुले मुख्यमन्त्री संयोजकत्व रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा उक्त ...
धरान: लकडाउनकोे दोस्रो दिन धरानमा अवज्ञा गरेर बाहिर निस्किएका १५९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई फेरि पनि अटेर गरेर बाहिर ननिस्कने सर्तमा सम्झाएर अहिले भर्खर छोडिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार १४४ जना पुरुष र १५ जना महिला लकडाउन उल्लंघन गरेपछि समातिएका ...
धरान: लकडाउनको बेला प्रहरी प्रशासनसँग समन्वय नगरी ग्याँस बाँड्ने क्रमा धरान ९, कलेज रोडस्थित सुविधा ग्याँस डिलरमा भिड जम्मा भएर तनाव सृर्जना भएको छ । ग्याँस लिन उपभोक्ताहरुको घुँइचो लागेको थियो । थोरै संख्यामा मात्र ग्याँस आएको र नपाउने अवस्था सृर्जना भएपछि डिलर सञ्चालकसँग उपभोक्ताहरुको झगडासमेत भए ...
धरान: लकडाउनको दोस्रो दिन आज बुधबार धरानमा प्रहरीले हिजोभन्दा कडाई गरेको छ । प्रहरीले पक्राउ गर्ने चेतावनी दिएपछि पहिलो दिनजस्तो खुलेआम हिड्नेहरुको संख्या कमी छ । यद्यपी, अझै पनि लकडाउन उल्लंघन गर्नेहरु छन् । तिनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । अत्यावश्यक(अस्पताल जाने) काम, अत्यावश्यक ढ ...
धरान: आजदेखि कडारुपमा लकडाउन लागु गर्ने र अटेर गर्नेलाई पक्राउ गर्ने प्रहरीको चेतावनी पछि पनि खुलेआम सडकमा निस्कने क्रम रोखिएको छैन । आज बिहान ११ बजेसम्म प्रहरीले धरानको विभिन्न स्थानहरुबाट ५ महिलासहित ४२ जना पक्राउ गरिसकेका छ भने सवारीसाधनहरु पनि ठुलो संख्यामा नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरु ...
धरान: फ्रान्सबाट कतार ट्रान्जिट हुदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँग सुनसरीका पनि ४ जना सोही फ्लाइटमा आएको खुलेको छ । अहिले नेपाल प्रहरीले उनीहरुको खोजी गरिरहेको छ । ती ४ जना मध्ये अहिलेसम्म एक जना मात्र धरान ६ पानवारीका व्यक्तिको पहिचान भएको छ । अन्य ३ जनाको सुनसरी प्रहरीले खोजी गरिरहेको प्रहर ...
धरान: प्रदेश नम्बर एकका सभामुख प्रदिपकुमार भण्डारीले आफ्नो एक महिनाको पारिश्रमिक आपतकालिन स्वास्थ्य कोषमा दिने भएका छन् । प्रदेश सरकारले कोरोनाको सम्भावित जोखिम सामना गर्न स्थापना गरेको कोषमा सभामुख भण्डारीले एक महिनाको पारिश्रमिक वापतको रकम दिने घोषणा गरेका हुन् । विश्वव्यापी भएको कोरोना(कोभिड १९) ...
धरान: बेङ्लोरबाट आएका लाहानका युवालाई हिजो साँझ टाँडी क्वारेन्टाइनमा पठाइए पनि मध्यराती नै धरान ल्याइएको छ ।ज्वरो आएको पाइए पछि उनलाई मध्यराती करिब डेढ बजे टाँडी क्वारेन्टाइनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान नै पठाएको छ । उनलाई अहिले प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ । ज्वरो आएपछि आर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि चैत १८ गतेसम्म पुर्णरुपमा लकडाउनको घोषणा गरेको छ । यो अवधिमा सर्वसाधारणहरुलाई मात्र होइन, वीपीकै शिक्षक एवं कर्मचारीहरुसहित सबैलाई आवतजावतमा रोक लगाएको छ । प्रतिष्ठानको मुल ढोकासहित सम्पुर्ण प्रवेशद्धारहरु बन्द रहनेछ भने अति सिकिस्त, ज्वरो ...
धरान: आजदेखि धरानमा घर बाहिर मानिस अनावश्यकरुपमा हिडडुल गरेको भेटिएमा पक्राउ गरिने भएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपनि धरानमा अटेर गरिएपछि प्रहरीले यस्तो निर्णय लिएको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार आज बुधबारदेखि कसैलाई पनि बाहिर निस्क ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित