धरान: करिब तीन बर्षअघिसम्म धरान १३ र २० को संगम सर्दु खोलाको पुललाई फ्लावर ब्रिज भनिन्थ्यो । पारी ओशो आश्रम छ, जसलाई ओशो पार्क भनेर चिनिन्छ भने कोशी ब्यारेज बनाउदा ढुंगा लैजान निर्माण गरिएको 'रोप वे'को संरचना (भित्ता) अघि वीपी कोइरालाको पुर्णकदको सालिक उभिएको छ । जसलाई वीपी स्मृति पार्क भनिन्छ ।

 वडा नं १३ ले आफ्नो क्षेत्रमा पर्ने सर्दु खोला किनारमा ढुंगामा सर्प, बाँघ र हाँस खोपेको थियो । उक्त क्षेत्रलाई रक गार्डेन बनाउन चाहेको थियो, तर बजेट अभावले योजना त्यतिमै सिमित भयो, गार्डेनले पुर्णता पाउन सकेन । ती ढुंगामा खोपिएका प्रतिमाहरु अलपत्र झैं थियो । 

shram park9

ओशो पार्क र वीपी पार्क भनिए पनि घुम्न लायक केही थिएन । ओशो पार्क घुम्नलाई भन्दा पनि ओशोका अनुयायीहरुलाई ध्यान गर्न उपयुक्त छ । वीपी पार्कमा त सालिक मात्र ठडिएको छ । सर्दु पुल वारी र पारी खाजा पसलका अव्यवस्थित टहरा ठडिएको थियो । धरानेहरु बेलुकीतिर हावा खादै तिनै पसलहरुमा खाजा खान पुग्थे । धरानेहरु घुम्न निस्कनुपर्यो भने वा आफन्तजनलाई घुमाउनुपर्दा विजयपुर डाँडामा अवस्थित मठमन्दिर पछि भेडेटारतिर पुग्नुपथ्र्यो । 

shram park10

अहिले कथा फेरिएको छ । मानिसहरु त्यही सर्दु फ्लावर ब्रिज हुदै घुम्न आउनेहरुको घुँइचो लाग्छ । करिब तीन बर्षअघि मेयरमा स्वतन्त्र उम्मेद्वार हर्कराज राई (साम्पाङ) निवार्चित भएपछि निर्माण गरिएको श्रम सँस्कृति पार्कले धरानको पर्यटनलाई नयाँ उर्जा दिएको छ ।

श्रम सास्कृति पार्कभित्र एसडिएस रक गार्डेन, एसएनएस चौतारी, एसडिबि रोज गार्डेन, झाक्री दह, श्रमदान चौतारी, आरा धरान र मौनता क्षेत्र (ग्रीन बुद्ध) निर्माण भइसकेको छ भने सिंगापुर पुलिस, ब्रिटिश आर्मी र भारतीय सेनाका भूपू सैनिकहरुले गोर्खा चौतारी निर्माण गरिरहेका छन् । 

रक गार्डेन सचेत धराने समुहले निर्माण गरेको हो भने एसएनएन चौतारी स्वतन्त्र नागरिक समाजले बनाएको हो । यस्तै, एसडिबि रोज गार्डेन, मौनता क्षेत्र र झाक्री दह स्वतन्त्र दिदीबहिनी समुहको नेतृत्वमा बनेको हो । आधार धरान र श्रमदान चौतरी मुर्तिकार रोजन राईको नेतृत्वमा बनेको हो ।

shram park13

श्रम सँस्कृति पार्क धरानको पर्यटन क्षेत्रमा कोसे ढुंगा सावित भइसकेको छ । धरानको प्रमुख पर्यटकीय गन्तव्यकोरुपमा स्थापित भएको छ । उदाहरणकोरुपमा आज नयाँ बर्ष २०८२ को पहिलो दिन बैशाख १ गतेलाई नै लिउ न । श्रम सँस्कृति पार्कमा थामिनसक्नु घुम्न आउने आन्तरिक पर्यटकहरुको भिड थियो । अत्यधिक भिडको कारणले मध्याह्नदेखि प्रहरीले फुस्रे चोकबाट नै सवारीसाधनलाई पार्कतिर प्रवेश गर्न दिएन भने फर्कदा वान वे पनि गराएको थियो । 

कति संख्यामा पर्यटकहरु आए भनेर गणना गर्न सम्भव थिएन, तर आज एकै दिन पर्यटकहरुबाट २ लाख ८४ हजार रुपैया प्रवेश शुल्क वापत उपमहानगरपालिकाको आम्दानी भएको छ । पार्कमा ५ बर्ष मुनिका बालबालिका र ६५ बर्ष माथिका वृद्धवृद्धाहरुलाई भने शुल्क लाग्दैन ।

shram park11

पार्कमा घुम्नको लागि धरान बाहिरबाट धेरै पर्यटकहरु आएका थिए । इटहरी, इनरुवा, विराटनगर, झापा, उदयपुर, धनकुटालगायत क्षेत्रबाट पर्यटकहरु श्रम सँस्कृति पार्क घुम्न आएका थिए । देश, विदेशबाट आर्थिक सहयोग जुटाएर र मेयर साम्पाङको नेतृत्वमा श्रमदान गरेर बनेको पार्क हेर्न दैनिक सयौंको संख्यामा मानिसहरु आउने गरेका छन् । शनिबार र अन्य सार्वजनिक विदाको दिनमा यहाँ यसैगरि पर्यटकहरुको घुँइचो लाग्ने गरेको छ ।

भिडियो:

भिडियो:

भिडियो: