धरान: साकेला उभौली समापनको अवसरमा आयोजित प्रतियोगितात्मक साकेला सिली प्रदर्शनीमा मुख्य विधा सिलीतर्फ किरात राई यायोक्खा धरान वडा १५ कार्यसमितिले प्रथम पुरस्कार जितेको छ । 

किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा शनिबार धरान १७ स्थित साकेला साँस्कृति पार्कमा सम्पन्न प्रतियोगितात्मक सिली प्रर्दशनीमा वडा १५ ले प्रथम पुरस्कार जितेको हो । प्रथम पुरस्कार स्वरुप वडा १५ ले नगद ४० हजार र रनिङ ट्रफी वाबु पनि हात पारेको छ । 

sakela1

यस्तै, सिलीतर्फ धरान वडा १९ कार्यसमितिले दोस्रो पुरस्कार हात पारेको छ । पुरस्कार स्वरुप वडा १९ ले नगद ३० हजार र ट्रफी वाबु हात परेको छ भने किरात राई यायोक्खा इटहरी १९/२० तेस्रो भएको छ । इटहरीले तेस्रो पुरस्कार स्वरुप नगद २५ हजार र ट्रफी वाबु हात पार्यो । विजेताहरुलाई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई र नगद पुरस्कारका दाताहरुले पुरस्कार प्रदान गरेका थिए ।

उत्कृष्ट भेषभुषा विधातर्फ धरानभित्रमा वडा कार्यसमिति ९/१० ले प्रथम पुरस्का जितेको छ । यस्तै, वडा १२ दोस्रो र वडा १८ ले तेस्रो पुरस्कार जितेको छ । धरान बाहिरबाट इटहरी १९/२० प्रथम भएको छ भने इटहरी २ दोस्रो र इटहरी १ तेस्रो भएको छ । यो विधामा प्रथमलाई नगद ७ हजार, दोस्रोलाई नगद ६ हजार र तेस्रोलाई नगद ५ हजार साथै प्रमाणपत्र रहेको थियो ।

sakela2

यसैगरि, उत्कृष्ट साँस्कृतिक सामग्रीतर्फ धरानभित्र वडा नं ८ प्रथम प्रथम, वडा १३ दोस्रो र वडा १६ तेस्रो भएको छ । सोही विधामा धरान बाहिरबाट इटहरी ५ प्रथम, इटहरी ७ दोस्रो र इटहरी ६ तेस्रो भएको छ । यो विधामा प्रथम, दोस्रो र तेस्रोले क्रमशः नगद ७ हजार, ६ हजार र ५ हजार पुरस्कार साथै प्रमाणपत्र प्राप्त गरेको छ । 

विभिन्न वडा कार्यसमितिहरुले आयोजना गरेको कार्यक्रमहरुमा सबैभन्दा बढी सहभागी हुने धरानभित्रबाट वडा १५ र वडा ११ ले संयुक्तरुपमा प्रथम पुरस्कार पाएको छ । प्रथम नगद पुरस्कार ७ हजारमा आयोजकले ३ हजार थपेर दुवैलाई नगद ५/५ हजार प्रदान गरेको थियो । 

sakela3

यस्तै, सोही विधामा वडा नं ८ दोस्रो हुदै नगद ६ हजार र वडा १३ ले तेस्रो हुदै नगद ५ हजार पुरस्कार पाएको छ । धरान बाहिरबाट भने सबैभन्दा बढी सहभागी हुनेमा इटहरी वडा २ पहिलो, इटहरी वडा ५ दोस्रो र बराहक्षेत्र १/२ तेस्रो हुदै पुरस्कार स्वरुप क्रमशः नगद ७ हजार, ६ हजार र ५ हजार हात पारेको छ । 

यस्तै, आफ्नो वडामा उत्कृष्ट व्यवस्थापन विधातर्फ धरानभित्र वडा नं १५ ले पहिलो पुरस्कार जितेको छ भने वडा नं १७ दोस्रो र वडा नं १३ ले तेस्रो पुरस्कार हात पारेको छ । साथै, धरान बाहिरबाट बराहक्षेत्र वडा ६/७/८ चक्रघट्टीले प्रथम पुरस्कार पाएको छ भने इटहरी २ शान्तिनगरले दोस्रो र रामधुनी ६/७ बक्लौरीले तेस्रो पुरस्कार हात पारेको छ । प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमशः नगद ७ हजार, ६ हजार र ५ हजार पुरस्कार पाएको छ ।

sakela6

साकेला उभौली समापनमा सबैभन्दा बढी संख्यामा सहभागी गराउने धरानभित्रमा वडा नं ५/६ ले पहिलो पुरस्कार पाएको छ भने वडा नं ८ ले दोस्रो र वडा नं ११ ले तेस्रो पुरस्कार पाएको छ । यस्तै, धरान बाहिरबाट इटहरी १९/२० ले पहिलो, इटहरी ५ ले दोस्रो र इटहरी १६/१७/१७ (पकली) ले तेस्रो पुरस्कार पाएको छ । 

यसैगरि, व्यक्तिगत पुरस्कारतर्फ सबैभन्दा ज्येष्ठ सिलिमाङ्पा धरान वडा ९/१० का प्रेमहरि राईले पुरस्कार पाए भने कान्छो ढोलेको पुरस्कार वडा १५ का १४ बर्षीय हान्सु राईले पाए । यस्तै, उत्कृष्ट सिलिमाङ्पाको पुरस्कार वडा ११ का किरण राई र उत्कृष्ट सिलिमाङ्माको पुरस्कार वडा १३ की रोशनी राईले पाइन् । झ्याम्टा बजाउने उत्कृष्ट महिलाको पुरस्कार किरात राई यायोक्खा सोनापुरकी युवतीले हात पारिन् । व्यक्तिगत पुरस्कारतर्फ सबैले जनही नगद ५ हजार र प्रमाणपत्र प्रदान गरेको आयोजकले जनाएको छ । 

भिडियो:

भिडियो :

भिडियो :

भिडियो :

भिडियो :