धरान: धरान १ छाताचोकस्थित पुरानो अस्पताललाई नै नगर अस्पतालकोरुपमा सञ्चालन गर्न माग गर्दै स्वतन्त्र नागरिक समाजले धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

समाजले मंगलबार नगर प्रमुख हर्कराज राई (साम्पाङ)लाई पत्र बुझाउदै यस्तो माग गरेको हो । समाजका अध्यक्ष समिर तामाङ र सचिव प्रेमकुमार श्रेष्ठले नगर प्रमुख साम्पाङलाई बुझाएको पत्रमा स्वास्थ्य सेवा बीमाको प्रथम सेवा विन्दुकोरुपमा दीर्घकालिन सेवा प्रदान गर्न पुरानो अस्पताललाई नै नगर अस्पताल बनाउन माग गरिएको छ । समाजले नगर अस्पताल सञ्चालनमा ल्याएर सम्बन्धित निकायहरुमा समन्वय गरी आवश्यक सिफासि गर्न पनि अनुरोध गरेको छ । 

बीमा बोर्डले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बीमा सेवाको रेफरल सेन्टरकोरुपमा मात्र सुचीकृत गरेको भएपनि धरानमा प्रथम सेवा विन्दु नभएको खुलेपछि थप तीन महिनालाई दुवै सेवा विस्तार गर्ने निर्णय गरेकोे छ । यो तीन महिना अवधिमा आधारभुत सेवा एवं नगर अस्पताल सञ्चालनको पुर्वाधार स्थानीय सरकारले तयार गर्नुपर्ने हुन्छ । पुरानो धरान अस्पताललाई नै नगर अस्पतालकोरुपमा सञ्चालन गर्नुपर्ने माग चौतर्फी उठिरहेको बेला मंगलबार स्वतन्त्र नागरिक समाजले नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको हो ।

भिडियो:

मेयर साम्पाङले पुरानो अस्पतालको जग्गा सरकारले वीपी प्रतिष्ठानलाई दिएकोले उक्त जग्गा फिर्ता गर्नुपर्ने बताए । साथै उनले बीमा सेवा तीन महिनापछि पनि निरन्तरता दिने वातावरण तयार गर्ने पनि बताए । बीमा बोर्डले वीपी प्रतिष्ठानलाई बीमा सेवा वापतको करोडौं रकम नदिएर पनि समस्या भएको भन्दै उनले अबको आन्दोलन पुरानो अस्पतालको जग्गा फिर्ता गराउन केन्द्रीत हुनुपर्ने पनि बताए । 

swatantra