धरान: केही दिनयता अत्यधिक गर्मी बढेसँगै धरान उपमहानगरपालिकाले दुई दिन विद्यालय विदा गर्ने निर्णय गरेको छ । 

केही दिनदेखि अत्यधिक गर्मी बढ्दा विद्यालयहरुमा पठनपाठन लगायत क्रियाकलाप गर्न कठिनाई भइरहेको छ भने बालबालिकाको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भएकोले विदा दिने निर्णय भएको उपमहानगरले जनाएको छ । उपमहानगरपालिकाका शिक्षा अधिकृत ध्रुवराज खड्काले बुधबार सुचना जारी गर्दै बर्षे विदाबाट मिलान हुने गरि जेठ २९ (बिहिबार) र ३० (शुक्रबार) विद्यालयहरुमा विदा दिने निर्णय भएको जानकारी दिएका छन् । 

उनका अनुसार विदाको निर्णय धरानका सम्पुर्ण संस्थागत र सरकारी विद्यालयहरुमा लागु हुनेछ । यद्यपी, वडा नं ४ र २० का विद्यालयहरुको हकमा भने भौगोलिक र विद्यालयको भौतिक अवस्थाका आधारमा आवश्यकता अनुसार मात्र विदाको व्यवस्था गर्न पनि सुचनामा उल्लेख छ । 

notice