धरान: अभ्यासको क्रममा घाइते भएका प्रदेश नं १ का बास्केटवल खेलाडी प्रदिप गुरुङलाई उपचारको लागि २ लाख रुपैया सहयोग भएको छ ।

धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको संयोजनमा आयोजित च्यारिटी मैत्रीपुर्ण बास्केटवल खेलको माध्यमबाट २ लाख नगद संकलन भएको हो । उक्त सहयोग रकम संघले आज आयोजित मैत्रीपुर्ण च्यारिटी खेलको क्रममा घाइते खेलाडी गुरुङलाई हस्तान्तरण गरेको छ । संघको संयोजनमा संकलन भएको १ लाख २७ हजार ५ सय ९० रुपैया नगद केन्द्रीय उपाध्यक्ष सुरज लामा, जिल्ला अध्यक्ष नारायण सुवेदीलगायतले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वडा नं १८ का अध्यक्ष प्रविण राईले १५ हजार, एन्फाका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्ष एव्ं प्रदेश १ अध्यक्ष किसोर राईले १० हजार, नेपाल बास्केटवल लिगबाट १० हजार, झापा बास्केटवल संघबाट ५ हजार, हिमालयन मेघा कलेजबाट ५ हजार, होप धरानले संकलित २७ हजार ४ सय १० रुपैयाको डमी चेक पनि खेलाडी गुरुङलाई हस्तान्तरण गरिएको थियो ।

basket11

संघका केन्द्रीय उपाध्यक्ष एवं धरान बास्केटवल संघका अध्यक्ष सुरज लामाले खेलाडीहरु घाइते हुँदा राज्यले उपचारको प्रबन्ध गर्नुपर्छ भनेर ध्यानाकर्षण गराउनको लागि च्यारिटी खेल आयोजना गरिएको बताए । उनले भने,‘खेलाडी भाईको सम्मानको लागि र राज्यका निकायहरुलाई जिम्मेवारी बोध गराउनको लागि च्यारिटी खेल आयोजना गरिएको हो ।’ अध्यक्ष लामाले फेरि पनि यसरी नै च्यारिटी खेल आयोजना गर्न नपारोस् भनेर खेलाडीहरुको लागि संघले छुट्टै कोष स्थापना योजना रहेको पनि बताए । उनले खेलाडीहरुको भविष्यकोलागि अन्य क्लबहरुले पनि कोष बनाउन आग्रह पनि गरे ।

basket8

कार्यक्रमका प्रमुख अतिथि एवं वीपी प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले राष्ट्रको लागि खेल्ने खेलाडी घाइते हुँदा राज्यले नै उपचारको प्रत्याभूति गर्नुपर्ने बताए । उनले आगामी दिनहरुमा देशको लागि मेडल जित्ने खेलाडीहरु उपचारको लागि च्यारिटी गर्न नपरोस् भन्दै प्रतिष्ठानले पनि सक्दो सहयोग गर्ने बताए । एन्फा प्रदेश १ अध्यक्ष किसोर राईले पनि घाइते खेलाडीलाई राज्यले उपचार व्यवस्था गर्नुपर्ने बताए ।

सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेका २८ बर्षीय गुरुङ प्रदेश न. १ को महत्वपुर्ण खेलाडी हुन् । उनको दाहिने घुँडाको एन्टिरियर क्रुसिएट लिगामेन्ट(ए.सि.एल.) पुर्णरुपमा च्यातिएको छ भने मिडियल मिनिस्कस र लेटिरियल मिनिस्कसको भाग पनि केही च्यातिएको छ । वीपी प्रतिष्ठान धरानमा उपचार गराइरहेका खेलाडी गुरुङको मेजर सर्जरी गरेर लिगामेन्ट प्रत्यारोपण गर्नुपर्ने भएको छ । त्यसको लागि कम्तीमा ३ लाख खर्च हुने बताइएको छ ।

मैत्रीपुर्ण च्यारिटी खेलमा धरान विजयी

basket3

घाइते खेलाडी गुरुङको सहयोगार्थ मैत्रीपुर्ण च्यारिटी खेलमा धरान बास्केटवल टिम विजयी भएको छ । झापा बास्केटवल टिमलाई ७५–२९ को फराकिलो स्कोरमा धरानले हराएको हो । धरानका खेलाडी सुजन खालिङले व्यक्तिगत १६ प्वाइन्ट स्कोर गरेका थिए भने झापाका सर्वद्ध राईले १४ प्वाइन्ट स्कोर गरेका थिए ।

basket 1

basket4
basket5
basket14
basket7
basket16
basket15
basket6
basket10
basket9
basket12
basket13
IMG_7635