धरान:धरानबाट कालाबञ्जारतर्फ जादै गरेको कारमा प्रहरीले एक राइफल वरामद गरेको छ ।
बराहक्षेत्र नगरपालिका ५ अमाह सिमसार जंगलको भित्री सडकमा बिशेष सुचनाको आधारमा प्रहरी टोली चेकजाँचमा खटिएको थियो । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ धरानबाट कालाबञ्जार तर्फ आउँदै गरेको बा.६ च. ८४०३ नम्बरको कालो रङको कार बाटोमै रोकी चालकसहित सबै जंगलतर्फ भागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त कारमा चालक अन्य ४र५ जना मानिसहरु सवार थिए । कारलाई चेकजाँच गर्दा कारको बिचको सिटमा WEBLEY&SCOTT LIT LONDON & BIPMINGHAM, MADE IN ENGLAND नामक राइफल खाली बन्दुक (राउण्ड नभएको) फेला परेको प्रहरीले जनाएको छ । हाल उक्त कार र राइफल बन्दुक इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएर राखेको र फरार रहेका मानिसहरुको खोजी कार्य तीब्र पारिएको पनि प्रहरीले जनाएको छ ।