धरान: अन्तर्राष्ट्रिय क्षेत्रमा तमु ल्होसार मनाइरहदा बुधबार धरानमा पनि गुरुङ समुदायहरुले मनाएका छन् ।

धरान १८ स्थित नेपाल बौद्ध गुम्बा पुर्वाञ्चलको आयोजनामा आज ल्होसार मनाइएको हो । यसअघि तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद सुनसरीको आयोजनामा पुष ११ गते आफ्नै भवनमा शुभकामना आदनप्रदान भएको थियो । आज भने धरान १८ स्थित गुम्बा परिसरमा गुरुङ समुदायले मुसा वर्गलाई बिदा गरि गाई बर्गको स्वागत गरेका छन् । आज नेपाल बौद्ध गुम्बाका अध्यक्ष पृथ्वीमान गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा परिषदका केन्द्रीय सहमहासचिब डम्बर तमु(गुरुङ) प्रमुख अतिथि रहेका थिए ।

प्रमुख अतिथि एवं केन्द्रीय सहमहासचिव गुरुङले आगामी बर्ष हुन लागेको राष्ट्रिय जनगणना २०७८ मा आफ्नो मौलिक गुरुङ भाषा र जातिलाई स्पष्ट रुपमा लेख्न आग्रह गरे । यस्तै, धर्ममा बौद्ध वा बोन लेख्न पनि उनले आह्वान गरे । राज्यले जनगणनाको फारममा पुख्यौली भाषा भन्ने कोलम थपेर आदिबासी जनजातिको भाषा, सँस्कृतिमाथि पुनः षडयन्त्र गरिरहेको भन्दै गुरुङले आफ्नो मातृभाषालाई कायम गर्न पनि आग्रह गरे ।

tamu-lohsar2

‘पुख्यौली भाषा भन्ने कोलम थपेर राज्यले भाषालाई जर्बजस्त लागु गर्ने योजना गरिरहेको छ, हामीले आफ्नो मातृभाषा कामय गर्नुपर्छ,’उनले भने,‘राज्यबाट आदिबासी जनजातिहरुको चाडपर्वहरुलाई विभेद गर्दै हिन्दुधर्मलाई आश्रित चाडपर्वहरुलाई मात्र मान्यता दिएकोछ, यो धर्मनिरपेक्ष विपरीत छ ।’

कार्यक्रममा गुम्बाको धर्म गुरु लोपेन पेमा रङ्डोल गुरुङ र लोपन नरेश गुरुङ, जिल्ला कोषाध्यक्ष टंककुमारी गुरुङ, तमुस्यो ह्युल छोंज धीं नगर अध्यक्ष मेनुका गुरुङ, केन्द्रिय तमुस्यो सल्लाहकार नन्द कुमारी गुरुङ पनि उपस्थिति रहेको थियो । जिल्ला कोषाध्यक्ष गुरुङले धर्म, सँस्कार, सँस्कृतीलाई जोगाउन सबैले जोडदिनुपर्ने बताइन् । यो बर्ष कोभिड १९ को कारण थोरै उपस्थितिमा ल्होसार बिधिपुर्बक मनाइएको अध्यक्ष पृथ्वीमान गुरुङ जानकारी दिए ।

tamu-lohsar

tamu-lohsar3
tamu-lohsar5
tamu-lohsar4
tamu
Tamu1