बिराटनगर: एक लाख धनराशीको सातौ “साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार” प्रहरी जवान सविना खत्रीलाई प्रदान गरिएको छ। प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने प्रहरीकोरुपमा खत्रीलाई आज शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो । उनी प्रहरी चौकी पोक्लाबु ...
धरान: सुनसरी जिल्लास्थित कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टर(डिसिसिएमसि) बैठकले आइतबारदेखि सुनसरी जिल्ला भित्रिने लामो दुरीको यात्रुवाहक सवारीसाधनहरु बिहान ९ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ...
मोरङः मोरङमा तीन जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका तीनै जना पुरुष छन् । मृत्यु हुनेमा विराटनगरका २ जना छन् भने एक जना रतुवामाईका हुन् । रतुवामाई ७ सिजुवाका ४८ बर्षीय पुरुषको हिजो बिहीबार साँझ ७ः४० बजे मृत्यु भएको हो । उनलाई विराट नर्सिङ होमले भेन्टिलेटरमा राखेर उपचार गरिरहदा ...
धरान: चाडपर्वमा मठमन्दिरहरुमा हुने भिडभाडलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ । तीब्रदरमा कोरोना संक्रमणसँगै मृत्यु दर पनि बढेको र जोखिम अझै रहीरहेकोले चाडपर्व लक्षित निषेधाज्ञा जारी गर्नुपरेको प्रशासनको भनाई छ । निषेधाज्ञा कार्तिक १ गतेदेखि मंसिर ६ गतेसम्म कायम ...
झापा: झापाको कनकाई नगरपालिका ३ सुरुङा खोलाको डिलमा रहेको बाँसघारीमा मृत अवस्थामा फेला परेका २२ बर्षीय अभिषेक चौधरीको हत्या भएको पुष्टि भएको छ । कनकाई ३ मै बसोबास गर्ने चौधरी हिजो विहान ६ बजे बाँसघारीमा मृत अवस्थामा फेला परेका थिए । घटनाबारे अनुसन्धानमा खटिएको प्रहरी टोलीले चौधरीको हत्या भएको पुष्टि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान र इटहरीका महिला छिन् भने तेह्रथुमका एक पुरुष छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान ९ की ४४ बर्षीय महिलाको हिजो दिउँसो ३ बजे मृत्यु भएको थियो । उनको मृत्युको औपचारिक ...
इटहरीः इटहरीमा मास्क नलगाउनेलाई प्रहरीले पक्राउ गर्न शुरू गरेको छ । हिजो मास्क नलगाउनेलाइ जरिवाना मात्र गराएको प्रहरीले आज मास्क नलगाउने व्यक्तीलाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशन र इटहरी उपमहानगरपालिकाको संयोजनमा बढि भिडभाडयुक्त स्थानमा भेटिएका व्यक्तीलाई पक्राउ गर्दै इ ...
धरान: दशैं शुरु भएपछि नेपालकै प्रमुख शक्तिपिठ मध्येको एक धरान १४ स्थित दन्तकाली मन्दिरमा भक्तजनहरुको घुँइचो हुन्थ्यो । बिशेष गरि घटस्थापनाको दिनदेखि शुरु हुने नवरात्रीमा युवायुवतीहरु बिहानै विजयपुरको मठमन्दिरतिर घुम्न निस्कन्थे । यसपाली भने कोरोना महामारीको कारण दशैं र नवरात्री पनि प्रभावित हुने भए ...
धरान: कोरोना संक्रमणको तीब्र दरमा वृद्धि भइरहे पछि आजदेखि धरानमा स्वास्थ्य प्रोटोकल पालना गरे, नगरेको अनुगमन शुरु भएको छ । धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा प्रोटोकलको अनुगमन गरिएको हो । सो क्रममा मास्क विना हिड्ने ६० जनालाई कारबाही गरिएको छ । उनीहरुलाई संक्रमण रोग ऐन २०२० को दफा ३ अनु ...
धरान: सामाजिक सञ्जाल इमोमार्फत २५ लाखको चिट्ठा पर्यो भनेर ठगी गर्नेलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले इमोबाट इटहरीका एक युवालाई ठगी गरेको आरोपमा सिरहाका अरबिन्दकुमार कामतीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज २४ गते राती साढे ८ बजे इटहरीका एक इमो प्रयोगकर्ता यु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित