धरान: पकुवा खोलाको प्राजेक्ट सफल भएपछि मेयर हर्क साम्पाङको योजना अनुसार निशाने खोलाको पानी संकलन गर्न जनश्रमदानको कार्य पनि शुरु भएको छ । आज आइतबार दिउँसो मेयर हर्क साम्पाङ आफै निशाने खोला र सर्दुको दोभानमा पुगेर इन्टेक र रिजर्ब वेयर निर्माण कार्यको शुरुवात गरेका हुन् । उनले इन्टेकको लागि गैतीले खाल ...
धरान: पकुवा खोलामा जनश्रमदान गरेर पानी ल्याउने मेयर हर्क साम्पाङको योजना सफल भइसकेको छ । अब उनको ध्यान कोशी राजमार्गको धरान धनकुटे सडक खण्डमा पर्ने निशाने खोलातर्फ सोझिएको छ ।शुक्रबार दिउँसो उनी निशाने खोला पुगेर फर्किएपछि पकुवामा जस्तै निशाने खोलाबाट पनि पानी ल्याउने योजना शुरु गर्ने घोषणा गरे । सञ ...
धरान: मेयर हर्क साम्पाङ पकुवा खोलाको प्रोजेक्ट सफल भएपछि सर्दु र खर्दु खोलाको पानी उपयोग गरेर तत्काल मिनि हाइड्रोको अवधारणामा लागिपरेका छन् ।केही दिनअघि धरान ८ तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसका विद्यार्थीहरु लिएर सर्दु र खर्दुको मुहान क्षेत्र पुगेका मेयर साम्पाङ बिहिबार पुनः विभागीय प्रमुखहरुसहित प ...
धरान: धरानको खानेपानीको मुहान सर्दु जलाधार क्षेत्रको जग्गा साविक बाँझगरा ९ क रोक्का छ । तर यो जग्गा रोक्का हुँदा जलाधार क्षेत्रको जग्गा नपर्ने धरानको वडा नं १३ को वडा कार्यालयसम्मकै जग्गा पनि रोकिएको छ ।बाँझगरा ९ क मा पर्ने कुन कुन जग्गा जलाधारको हो भनेर प्रष्ट नहुँदा बषौंदेखि बसोबास भएको घरजग्गा पन ...
धरान: धरानको वडा नं २० स्थित पकुवा खोलाको पानी वडा नं ११ र १७ का बासिन्दालाई वितरण गर्ने लक्ष्य लिएर विगत २५ दिन अघि काम शुरुवात गरिएको थियो । यो कामको नेतृत्व गरेका थिए, धरानका मेयर हर्क साम्पाङले । उनले श्रमदानबाट नै यो प्रोजेक्ट पुरा गर्ने योजना बुने, र आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजबाट श् ...
धरान: सामाजिक अभियन्ता हर्क साम्पाङ मेयर भएपछि खानेपानी समस्या हल गर्न केन्द्रीत भए । त्यसैक्रममा उनले सपना देखे, धरानको वडा नं २० स्थित पकुवा खोलाका पानी ल्याउने । उनले आफ्नो योजना केही नजिकका साथीभाईसँग बुने, र सामाजिक सञ्जालबाट सार्वजनिक गरे । करिब तीन साता अघि जनश्रमदानबाटै पकुवाको पानी ल्य ...
धरान: लायन्स क्लव अफ पञ्चकन्याले वराहक्षेत्र नगरपालिकामा रहेको पर्यटकीय गन्तव्य अमाह सिमसारमा विभिन्न प्रजातिका एक हजार वटा फलफुल र रुखको विरुवाहरु रोपेको छ । अमाह वन उपभोक्ता समुह र धरान सरोकार समाजको सहकार्यमा शनिवार वृक्षरोपण कार्यक्रम भएको हो । अमाह सिमसार धरान देखि करिव आठ किलोमिटर वराहक्ष ...
धरान: शनिबार सार्वजनिक विदाको दिन । देशभरका जनप्रतिनिधिहरु शनिबार कहाँ के गर्छन् भन्ने जानकारी कमै पाइन्छ । तर, धरानका मेयर हर्क साम्पाङ भने हरेक शनिबार जनताकै लागि पसिना चुहाउदै श्रम गरिरहेका भेटिन्छन् । मेयरमा निवार्चित भएयता उनले प्रत्येक शनिबार बिहानै वृक्षरोपण गदै आएका छन् । त्यसपछिको समय उनी ध ...
धरान: धरानको वडा नं १, २, ३ र १२ का बासिन्दाहरुलाई बाँदरले धेरै सताउने गरेको छ । घरभित्र पसेर खाद्यान्न, लत्ताकपडा नष्ट गर्ने मात्र होइन, मानिसलाई नै आक्रमण पनि गर्छ । विजयपुर क्षेत्रको जंगलमा बासस्थान रहेका ती बाँदरहरुको उपद्रो यति बढ्यो कि धरान बजार क्षेत्रका बासिन्दाले संघर्ष समिति नै गठन गर्नुपर ...
धरान: धरान १५ स्थित वमधारा खानेपानी मुहान संरक्षणका लागि बिहिबार ७ सय वटा फलफुलको विरुवा रोपिएको छ । वमधारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजना तथा धरान सरोकार समाज, लायन्स क्लव अफ पञ्चकन्या, गृह श्रमिक महिला ढाका उद्यमी समाज नेपाल, नमुना श्रुती मार्ग टोल समितिको सहकार्यमा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित