धरान: धरान ६ पानवारीस्थित माइती घरमा झुण्डिएर आत्महत्या गरेकी मनिषा मगरको प्रेमी भनिएका स्थानीय युवालाई आत्महत्या दुरुत्साहन मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ । मृतक मनिषाकी बहिनीले प्रहरीमा जाहेरी दिएपछि प्रेमी भनिएका सुनिल बस्नेत पक्राउ परेका थिए । उनलाई आत्महत्या दुरुत्साहन मुद्दा दर्त ...
सुनसरी: इटहरीमा एक महिला सामुहिक बलात्कारको शिकार भएकी छिन् । प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका वडा नं ८ भुर्की भन्ने स्थानमा इटहरी ९ की एक महिलालाई करिब साँझ ७ बजे ६ जनाले जर्बजस्ती करणी गरेको हो । ती महिलालाई ६ जनाले कुटपिटसमेत गरेर नजिकैको धान खेतमा लगेर करणी गरेको र लुटपाटसमेत गरेको प्रह ...
धरान: सुनसरी जिल्ला अदालतबाट वैदेशिक रोजगारमा ठगी गरेको मुद्दामा कैद र जरिवाना फैसला भएपनि हालसम्म फरार रहेका धरानका एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार धरान ९ घर भई हाल धरान ७ बस्दै आएका ३४ बर्षीय रविन बोगटी पक्राउ परेका हुन् । उनलाई सुनसरी जिल्ला अदालतले ३ बर्ष कैद र ३ लाख रुपैया जर ...
धरान: श्रीमान र बच्चालाई पनि झापा घरमा नै छोडेर धरानको वडा नं ६ पानवारीस्थित माइतीमा बसिरहेकी एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् । हिजो राती करिब ७ बजेतिर मनिषा मगरले माइतीघरमा नै आत्महत्या गरेकी हुन् । उनले आत्महत्या गरेपछि पानवारीमा आज तनावग्रस्त भएको थियो । मृतकले आफ्नो समस्या लिएर वडा ...
धरान: आज बिहान धरानको भानुचोकमा प्रहरी ठुलो संख्यामा परिचालित भए । प्रहरीको संख्या हेर्दा कुनै घटना भएको पो हो कि भन्ने आभास हुन्थ्यो । प्रहरीले मोटरसाइकल, पैदल, चारपांग्रे गाडीलाई पनि बेला बेला रोक्थे । खासमा कुनै घटना भएर वा अपराधीलाई समात्न प्रहरी परिचालित गरिएको थिएन । प्रहरीहरुले मा ...
धरानः अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शुक्रबार धरानमा ज्येष्ठ नागरिकहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने क्रममा धरानका ज्येष्ठ नागरिकहरुले प्रतिभा प्रस्तुत गरेका हुन् ।धरान उपमहानगरपालिकाको सामाजिक महाशाखाले आयोजना गरेको कार्यक्रममा ज्य ...
सुनसरी: प्रहरीले ब्राउन सुगरसहित सुनसरीको बेग्ला बेग्लै स्थानबाट २ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी गाउँपालिका १ लौकही बजारस्थित पुर्वपश्चिम राजमार्गमा को २७ प ३०८१ नम्बरको मोटरसाइकलमा सवार ३८ बर्षीय नसाद अली ब्राउन सुगरसहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार को ...
विराटनगर: चोरी मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय भए पनि फरार रहेका धरानका २ सहित तीन जना पक्राउ परेका छन् ।१ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार चोरी मुद्दामा मोरङ जिल्ला अदालतबाट कैद सजाय सुनाइएका धरान १५ का ३८ बर्षीय गणेश गौतम र ४० बर्षीय गंगा तामाङ पक्राउ परेका हुन् । उनीहरुलाई प्रदेश प्रह ...
धरानः बराह ग्रुप अफ कम्पनीले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा १०४ पिन्ट रगत संकलन भएको छ । कम्पनीका संस्थापक अध्यक्ष एवं परिकल्पनाकार स्वर्गीय इन्द्रकुमार लामिछाने विश्वकर्माको ६४ औं जन्मजयन्तीको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । बराहले हालै खरिद गरेर सञ्चालनमा ल्याएको धरान ८ ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधानमा प्रदेश सरकार लागि परेको बताएका छन् ।प्रदेश सरकारले प्रदेशस्तरीय अपाङ्गता समन्वय समितिको उपाध्यक्ष नियुक्ती गरिसकेकाले अव अपाङ्गता सम्बन्धी सम्पूर्ण काम सोही समितिले गर्ने उनले बताए । समितिको उ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित