धरान: आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि स्वतन्त्र उम्मेद्वारी मनोनयन दर्ता गरेका उम्मेद्वारहरुलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । सुनसरी क्षेत्र नं १ का उम्मेद्वारहरुलाई पनि बुधबार धरान ८ स्थित सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न प्रदान गरे ...
धरान: पार्टी निर्णय विपरीत मंसिर ४ गतेको निर्वाचनमा सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी मनोनयन दर्ता गराएका मनोजकुमार मन्योङ्बोले मनोनयन फिर्ता गरेनन् । एमालेका नेताहरुले मनोनयन फिर्ता गराउन अनेक प्रयास गरेपनि उनले उम्मेद्वारी फिर्ता गरेनन् । पार्टीका नेताहरुले उनको उम्मेद्वारी म ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सेन्ट्रल ल्याबको काउन्टर अबदेखि बिहान ७ बजेदेखि नै खुल्ने भएको छ । विरामीहरुलाई सहजताको लागि ल्याबमा परिक्षण गर्न नमुना संकलन गर्ने कार्यको लागि बिहान ७ बजेदेखि नै काउन्टर खुल्ला हुने प्रतिष्ठानले जनाएको छ । यसअघि भने ओपिडीमा आउने विरामीहरुको ला ...
धरान: दन्तकाली मन्दिरमा आज वडा दशैंको फुलपाती भित्र्याइएको छ । दशैंको सप्तमीलाई फुलपाती पनि भनिन्छ । दन्तकालीबाट बाजागाजासहित हर्षबढाई गर्दै नेपाली सेना, सशस्त्र, जनपद र नगर प्रहरीको टोली फुलपाती लिन गएको थियो । बिहानै बटुकहरु फुलपाती अर्थात नवपत्रिका खोज्न जंगलतर्फ गएका हुन्छन् । तिनै वटुकहरुल ...
धरान: इटहरीका निवर्तमान मेयर द्धारिकलाल चौधरी नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरीलाई आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । चौधरीसँगै इटहरीका अन्य १० जना पनि माओवादी केन्द्र प्रवेश ...
दसैँको समय यात्रुको चाप बढी हुन्छ । घर छाडेर टाढा बसेकाहरु घर फर्किने, घरमै भएकाहरुपनि विभिन्न कारण यात्रा गर्नुपर्ने बाध्यतामा हुन्छन् । यस प्रकारको क्रियाशिलताले सार्वजनिक यातायात सेवामा पनि चाप बढ्ने गर्दछ । तर, सिमित सवारीसाधन, यात्रुको अधिक चाप, सिमित सडक पूर्वाधार र दवावमा रहेको मानसिकताका कार ...
धरान: नेपालका नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राई भारतीय गल्फ टुर अन्तर्गत कपिल देव-ग्रान्ट थोर्नटन ईन्भिटेशनल प्रतियोगितामा १७ औं स्थान प्राप्त गर्न सफल भएका छन्।अन्तिम दिन १ अण्डर ७१ खेल्दै गर्दै उनले कूल ३ ओभर २९१ को स्कोर गरे । प्रोफेसनल गल्फ टुर अफ इन्डियाको पहिलो सिजनमा प्रतिस्पर्धा गरिर ...
धरान: धरानको खानेपानी योजनाको लागि भूपू सैनिकहरुकोतर्फबाट ३ करोड बढीको योजना आउने भएको छ । रेजिमेन्टल एशोसिएशन (नेपाल) पुर्वक्षेत्रको पहलमा गोर्खा वेलफेयर ट्रष्टले २ लाख १२ हजार पाउण्डको अनुदान स्वीकृत गरेको हो । यसको नेपाली रकम ३ करोड बढी रहेको छ । एशोसिएशनका सचिव क्याप्टेन विष्णुकुमार राईले केही स ...
धरान: धरानका मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यलाई बोल्न रोक्दै बाहिर जानु भनेपछि कार्यपालिका बैठक बिथोलिएको छ । सप्तरंगी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने प्रस्तावमा कार्यपालिका सदस्य अनुप देवानले धारणा राख्दै पहिलाकै डिपिआर अनुसार काम अघि बढाउनुपर्ने भन्दै अन्य कार्यपालिका सदस्यहरुलाई पनि सोह ...
धरान: एक महिनाको प्रयासबाट सर्दु खर्दु र निशाने खोलाको पानी धरान ११ स्वास्तिका चोकस्थित ट्यांकी र उपभोक्ताको घरमा पुगेको छ । मेयर हर्क साम्पाङको योजना अनुसार १० इञ्च पाइपमार्फत ल्याएको पानी आज (बुधबार)देखि पानीट्यांकी र उपभोक्ताको घरमा पुर्याउन सफल भएको हो । स्वातिस्का चोकको ट्यांकीमा १० इञ्च पाइपबा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित