धरान: बैशाख ३० गतेको निर्वाचन नजिकिदै गर्दा धरानका जनप्रतिनिधिहरुले धमाधम राजिनामा दिन थालेका छन् । आज मध्याह्न १२ बजेसम्म ५ जना वडाअध्यक्षसहित १४ जना जनप्रतिनिधिहरुले राजिनामा दिइसकेका छन् । निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिहरुले मनोनयन दर्ता गर्नुअघि राजिनामा दिनुपर्ने भएपछि २ ...
धरान: सप्तरीको खडग नगरपालिका ७ का रामदेव साहु तेलीसँग ऋण लिएर चुक्तासमेत गरिसके पनि आफ्नो जग्गा फिर्ता नदिएको भन्दै ७ जना पीडितहरु धरान आएका छन् । उनीहरु हिजो शुक्रबार तेलीलाई खोज्न प्रहरी गुहार्दै धरान आएका हुन् । पीडितहरु आज शनिबार पनि बिहानैदेखि ईलाका प्रहरी कार्यालय परिसरमा छन् । खडग नगरप ...
धरान: निर्वाचन अधिकृतको कार्यालयले धरानमा स्थानीय तह निर्वाचनबारे सर्वदलीय तथा सर्वपक्षीय छलफल गरेको छ । धरान १२ स्थित पब्लिक स्कुलको प्राविधिक भवनमा खुलेको कार्यालयमा हिजो (शुक्रबार) सर्वदलीय तथा सर्वपक्षीय छलफल गरेको हो । निर्वाचन अधिकृत पुष्करराज नेपालले उम्मेदवार मनोनयन, आवश्यक पर्ने कागजप ...
धरान: २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले मेयर उपमेयरसहित १४ वडामा जितेको थियो । नगरसभामा रहने कुल १०२ जनप्रतिनिधिमध्ये ७२ जना एमालेबाट मात्र निवार्चित भएका थिए । निवार्चित भएर कार्यभार सम्हालेको एक बर्ष नबित्दै मेयर तारा सुब्बाको निधन भएको थियो भने झण्डै डेढ बर्ष उपमेयर मञ्जु भण्डा ...
धरान: चुनावी गठबन्धनको सहमतिको खाका बिहिबार बिहान पत्रकार सम्मेलन गरेर सार्वजनिक हुँदै गर्दा धरानका चार दलका नेता, कार्यकर्ताहरु उत्साहित थिए । झण्डै डेढ घण्टा ढिलो गरि शुरु भएको पत्रकार सम्मेलनमा वक्ता नेताहरुले गठबन्धनको औचित्य, आवश्यकतामाथि प्रकाश पार्दै प्रदेश र संघीय निर्वाचनसम्मै गठबन्धन ...
धरान: धरानमा सत्तारुढ चार दलीय गठबन्धनको पत्रकार सम्मेलनमा नै बबाल भएको छ । गठबन्धन दलहरुबीच सहमतिको खाका सार्वजनिक गर्न धरान १५ स्थित होटल धरान किचनमा पत्रकार सम्मेलन हुदै गर्दा बीचैमा कांग्रेस नेता, कार्यकर्ताहरु विरोध जनाउदै पुगेका थिए । उनीहरुले गठबन्धनको सहमति हुँदै गर्दा धरान, क्षेत्रीय ...
धरान: नेकपा एमाले प्रदेश कमिटीले धरानको मेयर र उपमेयरको उम्मेदवारका आकांक्षीहरुको नाम केन्द्रमा पठाएको छ । प्रदेश कमिटीका पदाधिकारीहरुको बैठक बसेर मेयरमा ४ जना र उपमेयरमा ५ जनाको नाम केन्द्रमा पठाएको हो । एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठकका अनुसार मेयरमा मोतिराज सुनुवार, मञ्जु भण्डारी, मनो ...
धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिले बैशाख ३० गतेको निर्वाचनको लागि मेयर र उपमेयरका आकांक्षीहरुको नाम सिफारिश गरेको छ । आज नगर कार्यसम्पादन समितिको बैठक बसेर मेयरमा ९ जना आकांक्षीहरुको नाम सिफारिश गर्ने निर्णय गरेको हो भने उपमेयरमा १० जना आकांक्षीहरुको नाम सिफारिश गर्ने निर्णय भएको कांग् ...
धरान:ईलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएपसी बुद्ध श्रेष्ठले धरानमा चोरीको घटनाहरु हुनुमा लागुऔषध दुव्यर्सन भएको बताएका छन् । डिएसपी श्रेष्ठले सोमबार धरानका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै यस्तो बताएका हुन् । धरानका युवाहरु दुव्यर्सनमा फसेको भन्दै उनले यही कारणले अपराध भएको पनि बताए । ‘यह ...
धरान: भौतिक विकास निर्माणमा पुर्व अर्थात प्रदेश नं १ कै नमुना सहर हो धरान । हङकङको कपी गरेर भानुचोकमा निर्माण गरिएको घण्टाघर धरानको प्रतिक बनेको छ भने जनताकै सहभागितामा निर्माण भएको चिल्ला पक्की सडक, सिंगारिएको घरहरुले युरोपकै झल्को दिन्छ । तर, यही धरान उपमहानगरपालिकाको वडा नं २० मा अहिलेसम्म एक इञ् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित