धरान: धरान बास्केटवल संघको आयोजनामा शनिवार संपन्न भएको १८ वर्ष मुनिका हिमालयन मेघा थ्री वाइ थ्री वान डे प्रतियोगिताको उपाधि यलम्वर ब्लुले चुमेको छ ।

         फाइनल खेलमा यलम्वरले सियोन स्कुललाई १७–९ अंकको अन्तरले पराजित गर्दै उपाधि माथि जितेको हो । प्रतिस्पर्धात्मक फाइनल खेलमा आफ्नो टिमलाई विजयी गराउन यलम्वरका स्पल तामाङले व्यक्तिगत १० अंक जोडेका थिए । उनले प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर (एमभिपि)को पुरस्कार पनि हात पारेका छन् । 

विजेता तथा उप विजेता खेलाडिहरुले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, हिमालयन मेघा कलेजका प्राचार्य भास्कर पौडेल, इमानुयल वोर्डिङ्ग  स्कुलका अध्यक्ष एवं प्रिन्सिपल प्रभास राजवंशी लगायतले पुरस्कार वितरण गरेका थिए । 

20210904_110903.psd


यलम्वर व्लुले स्टयाग टिमलाई २२–१० र सियोन स्कुलले यलम्वर यल्लोलाई १०–४ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । लकडाउनका कारण लामो समय खेलकुदको गतिविधि नभएकोले खेलाडी तथा खेल क्षेत्र शिथिल वन्दै गएकोले पुरानै अवस्थामा फर्काउन वार्मअपको रुपमा एकदिने कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि एवं संघका केन्द्रीय उपाध्यक्ष लामाले वताए । बास्केटवल संघको यस वर्षको यो पहिलो कार्यक्रम रहेको समेत उनले बताए । 

लकडानको कारण समयमा नै हुन नसकेको ट्यालेन्ट हन्ट कार्यक्रम कक्षा १२को फाइनल परिक्षा पछि संपन्न गरिने र ट्यालेन्ट हन्टका उत्कृष्ट खेलाडिहरुलाई व्याचलर लेवलमा छात्रवृत्तको लागि विभिन्न कलेजमा सिफारिस गरिने अध्यक्ष लामाले जानकारी गराए । धरान १२ स्थित हिमालयन मेघा कलेजको बास्केटवल कोर्टमा संपन्न प्रतियोगितामा धरान र तरहराका गरि १५ वटा टिमले सहभागिता जनाएको थियो । लिग कम नकआउटको आधारमा खेलाइको एकदिने प्रतियोगितामा भएको २९ खेलमा प्राविधिक सहयोग सुनसरी बास्केटवल संघले गरेका थिए । कार्यक्रममा सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, हिमालयन मेघा कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, कलेजका डाइरेक्टर दिपेन्द्र यादव, जिवन न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

20210904_111028.psd

20210904_111236.psd
20210904_111107.psd
20210904_110903.psd