धरान: धरानको चारकोसे जंगलमा सडेको अवस्थामा एक शव भेटिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार वडा नं ६ मा पर्ने चारकोसे जंगलभित्र शव भेटिएको हो । शव फेला परेपनि सडेको कारण महिला वा पुरुष कस्को हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए । उनले भने,‘महिला वा पुरुष के हो भन्ने छुट्टिने अवस्था छैन ।’

शव भेटिएको जानकारी पाएपछि धरानको प्रहरी टोली पुगेको थियो । शवको कम्मर माथिको भाग कंकाल मात्र भएको प्रहरीले जनाएको छ । ‘कम्मर मुनिको भागबाट पनि महिला कि पुरुष भन्ने छुट्टिदैन,’ प्रहरी निरीक्षक अधिकारीले भने,‘शव कुहिसकेको छ । प्रक्रिया पुर्याएर पोष्टमार्टमको लागी वीपी प्रतिष्ठान लगिएको छ ।’