धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कार्यकक्षमै आक्रमण प्रयास भएको छ ।बिहान करिब साढे ११ बजे उपकुलपति कार्यालयमा भेट गर्न पुगेका ३ जना व्यक्तिहरुले डा.कार्कीलाई कार्यकक्षमै मोविलले छर्केर आक्रमण गरेका हुन् । युवाहरुले उपकुलपति कार्की ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, कर्मचारीहरुको आन्दोलन जारी रहेपनि ओपिडी सेवा आंशिकरुपमा सुचारु भएको छ । आन्दोलनरत शिक्षक चिकित्सकहरुबाहेक प्रोफेसर र जुनियर रेसिडेन्टहरुले ओपिडी सेवा आंशिकरुपमा भएपनि सञ्चालनमा ल्याएका हुन् । प्रोफेसर र जेआरहरु पदोन्नति माग गर्नेमा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्य हुनुपर्ने भन्दै आइतबार धरानबासीहरु सडकमा उत्रिएका छन् । धरान वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)को सक्रियतामा नगरबासीहरुले आइतबार शान्तिपुर्ण र्याली निकालेका हुन् । विगत दुई सातादेखि शिक्षक, कर्मचारीहरुको आन्दोलनले ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरुले आफ्नो भविष्यमाथि लापरवाही भएको गुनासो गरेका छन् । प्रतिष्ठानस्थित विद्यार्थी कल्याण समाजका अध्यक्ष डा.ओम शान्ति रजकले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै विद्यार्थीहरुले संविधानप्रदत अधिकारको लागि आवाज उठाइरहदासमेत सम्बन्धित न ...
धरान: शिक्षक, कर्मचारीहरुको बढुवा प्रक्रिया तत्कालको लागि रोक्न उच्च अदालत विराटनगरले अल्पकालिन अन्तरिम आदेश जारी गरेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप अन्योल सृर्जना भएको छ । अदालतले हिजो (बुधबार) आदेश दिएपछि प्रतिष्ठानले पनि अनुरोध जारी गर्दै बढुवा सम्बन्धी सम्पुर्ण प्रक् ...
धरान: उच्च अदालत विराटनगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई लोकसेवा आयोगको सहभागिता विना कर्मचारी भर्ना तथा स्वतः बढुवा नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । सञ्जयकुमार मेहताले प्रतिष्ठानलाईसमेत विपक्षी बनाएर दायर गरेको रिटमा बुधबार सुनुवाई गर्दै उच्च अदालत विराटनगरले यस ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत शिक्षक, कर्मचारीहरुले नाक,कान,घाटी विभाग प्रमुख प्रा.डा.सङ्गीता भण्डारीको कार्यकक्षमा घेराउ गरेका छन् ।आन्दोलनमा सहभागी विभागका स्टाफ नर्सलाई नियमविपरीत स्पष्टीकरण सोधेको भन्दै आन्दोलनरत कर्मचारी, शिक्षकहरुले डा.भण्डारीको कार्यकक्षमा घेराउ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सञ्चालक परिषद (सिनेट बैठक) माघ २९ गते गर्ने निर्णय कार्यकारिणी समिति बैठकले गरेको छ । हिजो मंगलबार बसेको का.स.बैठकले सहकुलपति एवं स्वास्थ्य मन्त्रीबाट तय भए अनुसार सर्वसम्मतरुपमा सिनेट बैठकको मिति माघ २९ गते गर्ने निर्णय भएको रजिष्ट्रार प्र ...
धरान : कार्यकारिणी बैठकमा शिक्षक, कर्मचारी बढुवाको अन्तर्वार्ताबारे सहमति जुट्न सकेन ।सहमति नभएपछि कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्की र स्वास्थ मन्त्रालयका प्रतिनिधि बैठकस्थलबाट बाहिरिएका थिए । बैठकमा का.मु.उपकुलपति कार्कीले अन्तर्वार्ता सूचारु गर्ने प्रस्ताव सिनेट बैठकमा पेश गर्ने अडान लिए ...
धरान: आन्दोलनरत शिक्षक, कर्मचारीहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्की समस्या समाधान गर्न नभै कमिशनको खेलमा लागेको आरोप लगाएका छन् । प्रतिष्ठानका शिक्षक, कर्मचारीहरु का.मु.उपकुलपति कार्कीले रोकेको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित