धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जुम्ल्याहा बच्चाको गर्भमै मृत्यु भएको विषयले लफडा भएको छ ।
धरान १५ कृष्णपथकी ३० बर्षीया सबिना श्रेष्ठको जुम्ल्याहा बच्चा गर्भमै मृत्यु भएको घटनामा परिवारजनले लापरबाही भएको भन्दै असन्तुष्टि जनाएको छ । लापरवाहीले बच्चा मृत्यु भएको भन्दै आफन्तजनहरुले अप्रेसन थिएटरमा अगाडी हो हल्ला गरेको प्रहरीको भना छ ।
उक्त घटनामा आज आइतबार पीडित पक्ष र अस्पताल प्रशासनबीच छ्लफल गरेर छानबिन समिति गठन गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार अहिले अस्पताल प्रशासनमा छलफल भइरहेको छ ।
गर्भवती श्रेष्ठ शुक्रबार बेड भर्ना भएकी थिइन् । गर्भमा रहेको जुम्ल्याहा बच्चा मध्ये एउटा बच्चा शनिबार दिउँसो गर्भमा नै मृत्यु भएको चिकित्सकले बताएको थियो । अर्को बच्चा जिवितै हुन सक्ने भनी अप्रेसन गर्दा दुवै बच्चा मृत्यु भएको चिकित्सकको भनाई छ ।