धरान: नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने आफ्नो मागलाई दोहोर्‍याएका छन् ।

आज सोमबार धरानमा कार्यकर्ता भेटघाटको क्रममा सम्बोधन गर्दै नेता शर्माले यस्तो बताएका हुन् । पार्टी केन्द्रिय कमिटीमा आफुले गरेको प्रस्ताव पारित भएको खुलाउदै नेता शर्माले सम्पत्ति छानबिनले जनतामा विश्वास र कर्याकर्तामा उत्साह आउने बताए । "आन्तरिक शुद्धिकरण गरौ पार्टीभित्र । नेताहरुको सम्पत्तिको छानबिन गरौं," उनले भने,"मैले कमाएको हो भने कहाँ कमाएको, कति हो, देखिनु पर्यो नि, लुकाउन पाइयो रु तब जनतामा विश्वास हुन्छ, कार्यकार्तामा उत्साह आउछ ।" यसले आन्तरिक सुशासन बलियो बनाउने पनि शर्माको भनाई थियो ।

माओवादी शहर पसेपछि जनताको जीवन, कष्ट समस्यासङ्ग टाढीएको भन्दै नेता शर्माले अब जनताको जीवन वदल्न पार्टी केन्द्रीत हुनुपर्ने पनि बताए । "पार्टी जनताको जीवन, कष्टसङ्ग गासिएन, जीवन वदल्ने प्रयत्न जनताले देखेन र पुरानै पार्टी जस्तो भयो भनेर मुल्यांकन हुन थाल्यो," शर्माले भने,"अब जनताको जीवन वदल्न लाग्नुपर्यो । आजको जनताले चाहेको के हो रु जीवन वदल्ने कुरा के हो आजको जनताको । अब त्यता लाग्नुपर्छ ।"

IMG-20250324-WA0032


नेता शर्माले अब आफू वदल्नुपर्ने धारणा राख्दै  लोभलालछ त्याग्नुपर्ने बताए । "हिजो त्यागको भावनामा गएको माओवादी आज कमाउने तिर, सम्पत्ति थुपार्नेतिर, आज ठुला घर बनाउने तिर माओवादी लागेपछि कस्ले हेर्ने रु कस्ले बुझ्ने भन्ने प्रश्न खडा भयो," उनले भने । 

पुर्वमन्त्रीसमेत रहेका शर्माले यथास्थितिमा पार्टी चल्न नसक्ने बताउदै केन्द्रिय समिती बैठकले संगठन निर्माण गर्दै जनतासङ्ग जोडिएर जाने र अर्को चरणमा विचार निर्माण गरेर महाधिवेशनसम्म पुग्ने निर्णय भएको पनि बताए । शान्ति प्रक्रियामा आए पछि जनताले माओवादीलाई हेरिरहेको समयमा पास हुन नसकेको पनि उनले बताए ।

"अब यस्ले काम गर्छ कि गर्दैन हाम्रो मुद्दामा अघि बढछ कि बढ्दैन, हाम्रो समस्या समाधान गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेको थियो," उनले थपेूहामी त्यहा पास हुन सकेनौं । गुणस्तरीय शिक्षा, स्वास्थ्य उपचार निशुल्क र रोजगारी सृजना गर्न सकेनौं । जनता प्रत्यक्ष जोडिएको यी बिषयमा हामीले काम गर्न सकेनौं ।"

नेता शर्माले पार्टी संचालनको विधी बनाउनुपर्ने पनि बताए । "नेतृत्व निर्माण गर्ने जिम्मा, नेताहरुको मूल्याकंन गर्ने जिम्मा कार्यकर्तालाई दिने हो, तब मात्रै ठिक ठाउमा आउँछ,"शर्माले भने,"विधि स्थापित गर्‍यो र प्रणाली र स्थायीत्व निर्माण गर्‍यो भने मात्रै अहिलेको लहर समाउन सक्छौ ।" संविधानमा भएको उपलब्धि रक्षा अरु पार्टीबाट नहुने पनि शर्माले बताए । "जनताको समस्या पनि अरु पार्टीले गर्न सक्दैन,"उनले भने ।

भिडियो :