धरान: नेकपा एमाले धरान उपमहानगर कमिटीले शुक्रबार राजावादीले काठमाण्डौं गरेको प्रर्दशन हिंसात्मक भएकोप्रति घोर भत्र्सना गरेको छ । 

एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङले शनिबार प्रेश विज्ञप्ती जारी गर्दै पुर्व राजावादीहरुले काठमाण्डौंको तीनकुने, कोटेश्वर, जडिबुटि लगायतका क्षेत्रहरुमा गरेको हिंसात्मक प्रर्दशनमा उद्धण्डता, अराजकता देखाएको भन्दै घोर भत्सर्ना गरेका हुन् । एमाले धरानले कुनै पनि बहानामा हिंसात्मक गतिविधि तथा संविधान प्रद्धत नागरिकको अधिकार उपयोग गर्न अवरोध गर्ने कार्य क्षम्य नहुने पनि विज्ञप्तीमा उल्लेख गरेको छ । 

गणतन्त्रको विकल्प अझ उन्नत गणतन्त्र मात्र हुनसक्ने भन्दै एमाले धरानले आजको युगमा सचेत नागरिकहरुका लागि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने पनि जनाएको छ । हिजोको घटनामा अपराधिक क्रियाकलापमा संलग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउन तथा सुरक्षाको उचित प्रभावकारी व्यवस्था मिलाउन पनि एमाले धरानले सरकारसँग माग गरेको  छ। 

शान्तिपूर्ण प्रदर्शनका नाममा नागरिकको घर, व्यवसायिक भवन, सरकारी भवन ,राजनीतिक दलको कार्यालय, सञ्चार गृहमा आगलागी, लुटपाट गर्ने तथा सुरक्षाकर्मी माथी आक्रमण गर्ने, सुरक्षाकर्मीको हतियार खोस्ने जस्ता कार्य भएको भन्दै एमाले धरानले निन्दासमेत गरेको छ ।'जनताको लामो सघर्ष एवं बलिदानको उपलब्धिका रुपमा प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई बिथोलेर मुलुकलाई अस्थिरता, अराजकता तर्फ धकेल्ने दुष्प्रयास निन्दनिय तथा दण्डनीय छ,' विज्ञप्तीमा भनिएको छ । 

प्रदर्शनकारीको अमानविय क्रियाकलापका कारण भवन भित्र थुनिएर आगलागीमा पत्रकार सुरेश रजकले जीवन गुमाएको साथै प्रदर्शनको क्रममा सबिन महर्जनको मृत्यु भएको प्रति पनि विज्ञप्तीमा दुःख व्यक्त गरिएको छ । यस्तै, नागरिकहरुको असन्तुष्टीको समाधान वर्तमान संविधानबाट नै सम्भव हुने र नागरिकको अपेक्षा, चाहना, भावनलाई ध्यानमा राखेर राज्यले सम्बोधन गर्न पनि विज्ञप्तीमा माग गरिएको छ । 

uml copy