धरान: निजी तथा संस्थागत विद्यालयमा कार्यरत प्रदेश १ का शिक्षक, कर्मचारीहरुले शनिबार इटहरीमा प्रर्दशन गरेका छन् । निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन(प्याब्सु) र संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन(इस्टु)को प्रदेश समितिले विरोध कार्यक्रम आयोजना गरेको हो । शिक्षा क्षेत्रमा देखिएको ...
विराटनगर: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारका लागि प्रविधिमैत्री शिक्षण सिकाई आवश्यक भएको बताएका छन् । सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साँझेदारीमा सञ्चालित सूचना प्रविधि सम्बन्धी अनलाईन शिक्षक तालिमको आज शुभारम्भ गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । विद्यालय, ...
धरान: लामो छलफल भइरहदा पनि निजी तथा संस्थागत विद्यालयहरुको अनलाइन कक्षाको शुल्कबारे उपमहानगरपालिकाले ठोस निर्णय गर्न सकेको छैन । निर्णय गर्न ढिलाई हुँदा विद्यालय सञ्चालक र अभिभावकहरु शुल्क कति र कहिलेदेखिको लिने भनेर अन्योलमा छन् भने शिक्षकहरुको तलब अनिश्चित बनेको छ । गएको चैतदेखि लकडाउनले विद्यालय ...
धरान: निजी विद्यालयहरुमा अनलाइन कक्षाको शुल्कबारे जारी छलफलमा अभिभावकहरुको पनि प्रतिनिधित्व गराउन माग गर्दै अभिभावकहरुले धरान उपमहानगरपालिकामा दबाब दिएका छन् । आज धरानका विभिन्न विद्यालयका अभिभावकहरुले प्ले कार्डसहित गएर उपमहानगरपालिकालाई दबाब दिएका हुन् । उनीहरुले शुल्क निर्धारणबारे निर्णय गर्न ढि ...
विराटनगरः भारतीय सीमासँग जोडिएको मोरङ जिल्लामा दशैँअघि कुनै पनि हालतमा विद्यालय खुलाउन नसकिने प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताएका छन् । उनले विद्यालय खुलाउन सामुदायिक र सँस्थागत सँचालक समितिबाट प्रेसर आउन थालेको बन्दै प्रशासनले जोखिमपुर्ण स्थानमा थप जोखिम निम्तयाउने कामका लागि अनुमती नदिने ...
धरान: स्थानीय सरकार र अभिभावकहरुबाट तीब्र दबाब परेपछि विद्यालयको शुल्क निर्धारणबारे धरानका निजी विद्यालयहरुले संयुक्त कार्यदल गठन गरेका छन् । आज सोमबार धरानका ५ दर्जन बढी विद्यालय सञ्चालकहरुको भेलाले शुल्क निर्धारणबारे स्थानीय सरकारसँग वार्ता गर्न एक कार्यदल गठन गरेको हो । भेलामा प्याब्सन र एन प्या ...
विराटनगरः विराटनगर महानगरपालिकाले असोज १५ देखि लिने भनिएको कक्षा ११ को परिक्षा स्थगित भएको छ । विभिन्न राजनीतिक दल, विद्यार्थी र अभिभावकले परिक्षा रोक्न चौतर्फि दबाब दिँदै आएका थिए । महानगरले निजि शैक्षिक संस्थाको दबाबमा परि परिक्षा सँचालन गर्ने तयारी गरेको आरोप लगाउँदै आएका थिए । परिक्षा सँचालनका ...
धरान: विभिन्न निजी विद्यालयका अभिभावकहरुले आइतबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाएका छन् । अभिभावकहरुले कोरोना महामारीको कारण भएको लकडाउनले सम्पुर्ण अभिभावकहरुको पनि व्यापार, व्यवसायमा असर परेकोले विगतमा जस्तो पुरै शुल्क तिरेर सहयोग गर्न नसक्ने पनि प्रष्ट पारेका छन् । साथै, ...
सुनसरीः सुनसरीको बराहक्षेत्रका विद्यालयहरु खुल्ने तरखरमा रहेका छन् । लामो समय देखि बन्द भएका विद्यालयमा सरसफाइ देखि पढाइको व्यवस्थापन समेतको तयारी थालिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकाले आफ्नो नगर भित्रका विद्यालयलाई पढाइको तयारीका लागि विभिन्न चरणको छलफल अन्तिम चरणमा पुुर्याएको बताएको छ । विद ...
धरान: अनलाइन कक्षा शुरु गरेका धरानका कतिपय निजी विद्यालयहरुले बार्षिक शुल्कको नाममा लिदै आएको भर्ना शुल्क तिर्न दबाब दिएपछि अभिभावकहरु पनि एकजुट हुन थालेका छन् । धरानका विभिन्न निजी विद्यालयका अभिभावकहरुले हिजो शुक्रबार भेला भएर अनलाइन कक्षा शुरु गरेपछि स्कुलबाट विद्यार्थीको बार्षिक शुल्क तिर्न दबा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित