धरान: प्रकृती पुजक लिम्बू याक्थुङ्वाहरुको महान चाड चासोक तङ्नामको अवसरमा धरानमा बृहत र्याली निकालीएको छ ।
किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर कार्यसमितिको आयोजनामा आज बिहान बृहत र्याली भएको हो । छाताचोकस्थित पुरानो हस्पिटलबाट सुरु भएको र्याली भानुचोक हुँदै धरान १५ स्थित चुम्लुङ हिममा पुगेको थियो ।
र्याली अघि बिहान चासोक पुजा भएको थियो भने श्रीजङ्गाको सालिकमा माल्यान्पर्ण गरिएको थियो । चुम्लुङले यसपाली चासोकलाई कोशी प्रदेश नामाङ्कन खारेज गर्न माग गर्दै मनाउदैछ । प्रदेशको नाम पहिचानको आधार, इतिहास, सभ्यताको आधारमा राखिनुपर्ने माग चुम्लुङ्को रहेको छ ।