इटहरी : १५ औं अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा शनिबारदेखि सुरु भएको छ ।
शनिबार इटहरी रंगशालामा भएको उद्घाटन खेलमा पराजित हुँदै आयोजक राष्ट्रिय जागृति ९राजा० क्लव इटहरी प्रतियोगिताबाट बाहिरिएको छ । उद्घाटन खेलमा आयोजक क्लब पाहुना टोली भारतको युनाइटेड कर्साङ फुटबल क्लव ९युकेएफसी०सँग २–१ गोल अन्तरले पराजित भयो ।
खेलमा अग्रता भने इटहरीले लिएको थियो । खेलको ११ औं मिनेटमा उमेश कार्कीको कर्नरमा एलेक्सले हेडमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । तर २१ औं मिनेटमा युकेएफसीका सत्यम शर्माको फ्रि किकबाट सिधै गोल गरेर खेल बराबरी बनाए ।
खेलको ५५ औं मिनेटमा युकेएफसीका चाम्प्रमारियाको पासमा हेमराज भुजेलले हेडिङमार्फत गोल गर्दै टिमलाई जित दिलाए । खेलको प्लेयर अफ दि म्याच पहिलो गोलकर्ता सत्यम घोषित हुदै नगद १० हजार रुपैयाँ पाए ।
आइतबारको खेल दुई पटकको विजेता सगरमाथा युथ क्लव मोरङ र न्युरोड टिम (एनआरटी)बीच हुने आयोजक राष्ट्रिय जागृति क्लव इटहरीले जनाएको छ । एनआरटीले भर्खरै २५ औं बुढासुब्बा गोल्डकपको च्याम्पियन टिम हो ।
फागुन १० गतेसम्म सञ्चालन हुने गोल्डकपको उद्घाटन इटहरीका मेयर हेमकर्ण पौडेलले गरेका थिए । लिग च्याम्पियन चर्च ब्वाइजसहित ८ टिमको सहभागीता रहेको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।