धरान: सात दिनमा नेपालको सातै प्रदेशमा फुल र हाफ म्याराथनमा सहभागी हुन सम्भव होला ? त्यो पनि एकै व्यक्तिहरु एक दिन पनि नबिराई कति दौडन सक्लान् ? 

सुन्दा कठिन लाग्ने ‘७७७ नेपाल म्याराथन च्यालेञ्ज’ नेपालको सात वटै प्रदेशमा सम्पन्न भएको छ । गण्डकी प्रदेशको पोखरामा शुरु भएको ७७७ नेपाल म्याराथन च्यालेञ्ज शुक्रबार धरान ८ स्थित यलम्बर पार्क (कोशी प्रदेश)मा आयोजना गर्दै समापन भएको छ । बेलायतस्थित नेपाल रन युकेको आयोजनामा नेपालका ७ प्रदेशमा ७ दिनसम्म फुल ४२ किलोमिटर र हाफ २१ किलोमिटर म्याराथन भएको थियो । सात दिनसम्म सात वटै स्थानमा एकै टिम दौडिएका थिए । गण्डकी, लुम्बिनी, सुदुरपश्चिम, कर्णाली, बागमती र मधेश प्रदेश सकेर शुक्रबार धरान (कोशी प्रदेश)मा भएको थियो ।

777 challange4

नेपालमा उच्च पर्वतीय (हाइ अल्टिच्युट) ट्रेनिङ सेन्टर स्थापना गर्न सहयोग गर्ने उद्देश्यले ७७७ नेपाल म्याराथन च्यालेन्ज आयोजना गरिएको नेपाल रन युकेका संस्थापक सन्तोष राईले जानकारी दिए । च्यालेञ्जमा ७ जना हाफ र ७ जना धावकधाविकाहरु फुल म्याराथनमा सहभागी भएको उनले बताए ।

‘स्पोर्टस् पर्यटनलाई प्रर्वद्धन गर्न, जुम्लामा बन्न लागेको हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरलाई सघाउन ७७७ म्याराथन च्यालेञ्ज गरिएको हो,’उनले भने,‘आज फुट म्याराथनको २ जनालाई समस्या भएर हाफ म्याराथनमा दौडदैछन् । फुलमा ५ जना र हाफमा ९ जना सहभागी छन् ।’

777 challange3

एथलेटिक्स परिवार नेपापलको अध्यक्षसमेत रहेका नेपाल एडभेन्चर रनिङ महासंघको वरिष्ठ उपाध्यक्ष राजन खत्रीले ७७७ म्याराथन च्यालेञ्ज सोचेको र गर्छु भन्ने क्षमताभन्दा ठुलो च्यालेञ्ज भएको बताए । ‘म ४३ बर्षदेखि खेल क्षेत्रमा छुँ, यो साच्चिकै च्यालेञ्ज छ,’ खत्रीले भने,‘एउटा म्याराथन दौडेपछि धेरै गलिन्छ र रेष्ट चाहिन्छ । तर यहाँ छ ७ दिनमा ७ वटा म्याराथन लगातार दौडेको देख्दा असम्भव केही छैन भन्ने लाग्यो ।’

दौड्नुभन्दा पनि एक ठाउँको च्यालेञ्ज सकेर भोलीपल्ट अर्को ठाउँमा दौडन पुग्नुपर्ने भएकोले लामो यात्राको कारण धावकधाविकाहरु सुत्न पनि नपाएको उनले खुलाए । ‘सबैभन्दा बढी सुतेको भनेको जनकुपुरमा ४ घण्टा हो,’ उनले भने,‘यी खेलाडीहरुले ७ वटा इभेन्ट ७ दिनमा पुरा गर्ला र भन्ने लागेको थियो, सफल भयो ।’

777 challange1

777 challange2

777 challange6

777 challange5