धरान: धरान १४ स्थित पिण्डेश्वर विद्यापिठको स्वतन्त्र विद्यार्थी युनियनमा सबै पदमा निर्विरोध निर्वाचित भएको छ ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा अनेरास्ववियुका उम्मेदवार सुधाकर पोख्रेल निर्वाचित भएका छन् भने सचिवमा नेविसंघका प्रवेश पौडेल र कोषाध्यक्षमा अनेरास्ववियुका विवेक गुरागाई निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरुमा नेविसंघका छविन्द्र भट्टराई, विजय निरौला, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघका दिगन्तप्रसाद घिमिरे र आशिष नेपाल निर्वाचित भएका छन् ।

समानुपातिक तर्फ अर्जुन निरौला, गोविन्द अधिकारी, अरुण नेपाल र गोपाल गुरागाई निर्वाचित भएको निर्वाचन समिती संयोजक डा।कृष्णगोपाल अधिकारीले जानकारी दिए । देशभरका क्याम्पसहरुमा आज स्ववियुको निर्वाचनको लागी मतदान हुदैछ ।