धरान: धरान समाज युकेको आठौं महाधिवेशनले निकेश लिम्बुको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । 

अल्डर्सटस्थित द प्यालेस मा १५ मार्च (शनिबार) सम्पन्न भएको बार्षिक साधारणसभा तथा आठौ महाधिबेशनले लिम्बुको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समाजको वरिष्ठ उपाध्यक्षमा चन्द्रकला लिम्बु चयन भएकी छिन् भने उपाध्यक्षद्धयमा डा महा राई र पबिन राई चयन भएका छन् । 

यस्तै, महासचिवमा बल्लभ गुरुङ, सचिवमा शुभधन राई, कोषाध्यक्षमा  किशोर राई चयन भएका छन् । यस्तै, सामाजिक सचिवमा चन्दा लिम्बु, खेलकुद सचिवमा बिशाल लिम्बु, सांस्कृतिक सचिवमा बिद्या राई र वेब मास्टरमा प्रेम तामाङ्ग चयन भएका छन् । 

कार्यकारिणी सदस्यहरुमा अशोक देवान, संदेश राई, बिनोद राई, समिर राई, निलम राई, सरीता लिम्बु राई, लता लिम्बु सुब्बा, जीवन लिम्बु, दुर्गा लिम्बु, टेकमान फोम्बो लिम्बु,  लक्ष्मी लिम्बु, विजय लिंग्थेप लिम्बु चयन भएका छन् । 

साधारणसभाको पहिलो सत्र निवर्तमान अध्यक्ष रमेश लिम्बुको अध्यक्षतामा भएको थियो । साधारणसभाको पहिलो सत्र सम्पन्न भएपछि बन्द सत्रमार्फत नयाँ कार्यसमिति चयन गरिएको थियो । निर्वाचन समितिका प्रमुख संयोजक पदम राईले सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई पदको जिम्मेवारी साथै गोपनियताको सपथ ग्रहण गराएका थिए। 

dharan samaj uk