धरान: नेपाल सरकार, गृह मन्त्रालयले भोली सोमबार सार्वजनिक विदा दिने निर्णय गरेसँगै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि अत्यावश्यकबाहेकका सेवा र कार्यालय बन्द हुने भएको छ । 

प्रतिष्ठानले साँझ सुचना जारी गर्दै सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इदुल्ल फित्र) को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेकोले प्रतिष्ठानले पनि विदा दिने निर्णय गरेको जनाएको छ । 

प्रतिष्ठानका कर्मचारी प्रशासन शाखाका सुपरभाइजर प्रदीप शाक्यले जारी गरेको सुचनामा अस्पतालतर्फको अन्तरंग सेवा, आकस्मिक सेवा र पुर्वनिर्धारित परीक्षाका कार्यक्रमबाहेक अन्य सम्पुर्ण बहिरंग, प्रशासनिक तथा शैक्षिक कार्यालयहरु बन्द रहने गरि सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरेका छन् । 

bpkihs notice