धरान: कोशी प्रदेश प्रिमियर लिगअन्तर्गत आइतबारदेखि सुपर लिगका खेलहरु सुरु भएको छ ।
धरान १६ स्थित रंगशालामा आइतबार भएको सुपर लिगका दुवै खेल बराबरीमा सकिएको छ । खेल बराबरीमा टुंगिएपछि चार टोलीले एक एक अंक बाडेका छन् । सुपर लिगको पहिलो खेलमा पाँचथर युनाइटेड र खोटाङको बुइपा ११ ले एक एक गोल गर्दै बराबरी खेले । पाँथचरका सुशील लावतीले गोल गरेका थिए भने बुइपाका प्रविन्द्र राईले गोल गरेका थिए ।
यस्तै, दोस्रो खेलमा धनकुटाको देउराली युथ क्लब र उदयपुरको गाईघाट फुटबल क्लबले गोलरहित बराबरी खेलेर एक एक अंक बाँडे । यी टिमबीच मङ्गलबार खेल हुनेछ । पाँचथर समूह ए बाट विजेता बनेर सुपर लिग प्रवेश गरेको थियो भने गाईघाट समूह बीबाट विजेता बनेको थियो ।
यसैगरि, देउराली यूथ क्लब समूह सीबाट विजेता बनेको थियो भने खोटाङ समूह डीबाट विजेता बनेर सुपर लिगमा प्रवेश गरेको टोली हो । लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।