धरान: त्रिभुवन विश्वविद्यालय आङ्गिक क्याम्पसहरुमा आज देशभर स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्वाचन शुरु भएको छ ।
धरानमा पनि महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार र पुर्वान्चल इन्जिनियरीङ क्याम्पस तीनकुनेमा मतदान शुरु भएको छ । पिन्डेश्वर विद्यापिठमा भने हिजो नै निर्विरोध निर्वाचित भैसकेको छ । धरानमा आज मतदान भैरहेको तीन क्याम्पस मध्ये सबैभन्दा धेरै मतदाता विद्यार्थी महेन्द्र क्याम्पसमा ४००४ रहेका छन् ।
चुनाव भैरहेको क्याम्पसमध्ये महेन्द्र र हात्तिसारमा अनिरास्वावियु र नेविसंघको गठबन्धन रहेको छ । इन्जिनियरीङ क्याम्पसमा भने गठबन्धन भएको छैन । तीनवटै क्याम्पसमा अखिल क्रान्तिकारी एक्लै भिड्दैछ । सबैभन्दा रोचक चुनाव महेन्द्र क्याम्पसमा हुनेछ ।
गठबन्धनबाट नेविसंघका प्रशान राई अध्यक्षको उम्मेदवार छन् भने समाजवादी युनियनबाट युवराज राई, अखिल क्रान्तिकारीबाट तेजबहादुर राई र अखिल क्रान्तिकारी वैद्य समुहबाट अमृता राई अध्यक्षको उम्मेदवार छन् । चुनावमा गठबन्धन उम्मेदवार प्रशान र समाजवादी उम्मेदवार युवराजबिछ तीब्र प्रतिस्पर्धा हुने अनुमान छ । युवराज यसअघि पनि स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए ।