धरान: बिहिबार २५ औं गोधुली रनिङ कपको उद्घाटन समारोह शुरु हुनुअघिसम्म पनि आयोजक गोधुली क्लबका पदाधिकारीहरुकै मन कता कता डराइरहेको थियो । 

२५ औं सँस्करणलाई बिशेष बनाउन यसपाली धरान १६ स्थित रंगशालामा फ्लडलाइट जडान गरिएको थियो, र पहिलो पटक राती प्रतियोगिता आयोजना हुदैथियो । धरानको फुटबलको इतिहासमा रात्रीकालिन खेल पहिलो पटक आयोजना भएकोले पनि के होला, कसो होला भन्ने थियो । साथै, खेल हेर्न दर्शकहरुको उपस्थिति कस्तो होला भन्ने संशय थियो । 

तर, जब उद्घाटन समारोह शुरु भयो, आयोजक मात्र होइन, खेल हेर्न आएका दर्शकहरु आफै पनि अचम्मित भए । टिकट काटेर खेलप्रेमी दर्शकहरु प्याराफिटमा भरिए, आयोजकले पनि २५ औं (रजत जयन्ती) सँस्करणलाई भव्यता बनाउन कुनै कसुर बाँकी राखेन।

25th godhuli cup7

रंगशाला प्रवेश गर्दादेखि नै झिलिमिली बत्ति बालेर रौनक बढाएको थियो । अझ उद्घाटन समारोहमा चर्चित गायक पुर्ण राई एण्ड दाजुभाईको प्रस्तुतीले २५ औं सँस्करणलाई बिशेष बनायो । खेल शुरु हुनुअघि आतिशबाजीले पनि उद्घाटन समारोह भव्य बनाएको थियो ।

उद्घाटन समारोहका प्रमुख अतिथि एवं वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराईले गोधुली कपले रात्रीकालिन फुटवल शुरुवात गरेर धरानको खेलकुदमा नयाँ आयाम थपेको बताए । उनले आगामी बर्ष भाडाको नभै सरकारबाट निर्माण भएको फ्लडलाइटमा नै प्रतियोगिता हुने वातावरण बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा पनि जोड दिए । कोशी प्रदेश फुटबल संघका अध्यक्ष किसोर राईले पनि प्रदेश सरकारसँग फ्लडलाइटको माग गरेको र आगामी बर्षको बजेटमा व्यवस्थापन हुने अपेक्षा व्यक्त गरेका थिए । 

उद्घाटन खेलमा वडा ५ विजयी

२५ औं गोधुली रनिङ कपको उद्घाटन खेलमा वडा नं ५ विजयी भएको छ । प्रतिस्पर्धात्मक खेलमा वडा नं १६ लाई २–१ गोलअन्तरले पराजित गर्दै वडा ५ दोस्रो चरणमा प्रवेश गरेको हो । 

भिडियो:

वडा नं ५ को लागि पहिलो हाफको १७ औं मिनेटमा सुजन इङ्गनामले गोल गरेका थिए । तर, २८ औं मिनेटमा वडा १६ का सरुन श्रेष्ठले गोल गर्दै खेल बराबरी बनाएका थिए । तर, दोस्रो हाफको २२ औं मिनेटमा तिलबिक्रम लावतीले गोल गर्दै वडा नं ५ लाई २–१ को नतिजा दिलाउदै विजयी गराए । 

खेलको म्यान अफ दि म्याच वडा ५ का तिलबिक्रम लावती घोषित भए । प्रतियोगितामा भोली (शुक्रबार) वडा नं १० र १२ बीच खेल हुने आयोजक गोधुली क्लबले जनाएकोछ ।

तस्बिरहरु: विकास चाम्लिङ राई

25th godhuli cup8

25th godhuli cup2

25th godhuli cup3

25th godhuli cup4

25th godhuli cup5

25th godhuli cup1

25th godhuli cup6