धरान: २५ औं गोधुली टेष्टी टेष्टी रनिङ कपमा धरानको वडा नं १५ सेमीफाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ ।
धरान १६ स्थित रंगशालामा बिहिबार राती सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन वडा नं १३ लाई टाइब्रेकरमा ५–४ ले स्तब्ध बनाउदै वडा १५ सेमीफाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरसहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो ।
टाइब्रेकरमा वडा नं १५ का एरिक गुरुङ, मदन लिम्बु, आशुतोष राई, नगेन राई र प्रविण लिम्बुको प्रहार गोलमा परिणत भएको थियो । वडा नं १३ का इक्साहाङ लिम्बु, अविनाश राई, सुशान्त राई र मिलन घिमिरेको प्रहार मात्र गोलमा परिणत भयो भने निशाल श्रेष्ठको प्रहार वडा १५ का गोलकिपर प्रविण लिम्बुले रोकेका थिए ।
खेलको म्यान अफ दि म्याच पनि वडा १५ का गोलकिपर लिम्बु घोषित भए । उनले टाइब्रेकरमा पनि अन्तिम प्रहार गरेका थिए । प्रतियोगितामा भोली शुक्रबार दोस्रो सेमीफाइनल खेल वडा नं ६ र वडा नं १४ बीच हुने आयोजक गोधुली क्लबले जानकारी दिएको छ ।