धरान: धरान उपमहानगरपालिकाको १६ औं नगरसभा बजेटमा केही संशोधन र थपघटको प्रस्ताव अनुमोलन गर्दै बिहिबार सकिएको छ। 

अघिल्लो नगरसभा (१५ औं) बाट स्वीकृत भएको आर्थिक बर्ष २०८१/०८२ को बजेटमा १० लाख ३२ हजार थप गरी १ अर्ब ८९ करोड ५४ लाख ८० हजार २८० रुपैया कायम गर्दै नगरसभा समापन भएको छ । उक्त नगरसभामा उपमेयर अइन्द्रबिक्रम बेघाले बजेट संशोधनको प्रस्ताव पेश गर्ने क्रममा चालु आर्थिक बर्षमा फागुन मसान्तसम्मको प्रगतिलाई पनि सारंशमा प्रस्तुत गरेका थिए । 

उपमेयर बेघाका अनुसार ८ महिनाको अवधिमा अनुमान गरिएको संघीय तथा प्रदेश सरकारको अनुदान, राजश्व बाँडफाँडको आय र आन्तरिक आयसमेत गरेर १ अर्ब १३ करोड ८९ लाख ४५ जार २०१ मात्र आय प्राप्त भएको छ । यो कुल आय अनुमानको ६०.१२ प्रतिशत हो ।

यसमा संघीय सरकारको अनुदान ६९.५२ प्रतिशत, प्रदेश सरकारको अनुदान ४३.३९ प्रतिशत, राजश्व बाँडफाँडमा ३९ प्रतिशत र आन्तरिक आयतर्फ ६४.७८ प्रतिशत रहेको पनि उपमेयर बेघाले जानकारी दिए । गत बर्षको मौज्दात रकमलाई हटाएर हेर्ने हो भने आन्तरिक आम्दानीतर्फ ४० प्रतिशत मात्र हो । ‘यो अवस्थालाई सन्तोषजनक मान्न नसकिने भएकोले यसतर्फ सभाको ध्यानाकर्षण गर्दै राजश्व वृद्धितर्फ पहल हुनुपर्ने देखिन्छ,’ उपमेयर बेघाले भने ।

nagarsabha begha

व्ययतर्फ भने नगर कार्यपालिका र वडा कार्यालयहरुसमेत गरी कुल ८३ करोड ७ लाख ८६ हजार ५९८ मात्र भएको छ । यो कुल व्यय अनुमानको ४३.८५ प्रतिशत मात्र हो । उक्त खर्चमध्ये पनि चालु खर्चतर्फ विनियोजित बटेको जम्मा ५३ प्रशित अर्थात ५९ करोड ४४ लाख ६० हजार मात्र खर्च भएको छ । 

यस्तै, पूँजीगत खर्चतर्फ विनियोजित बजेटको २६.७६ अर्थात १९ करोड ६३ लाख २६ हजार ५९८ मात्र खर्च भएको छ भने बित्तिय व्यवस्था (खानेपानी आयोजना ऋण भुक्तानी) तर्फ ४ करोड अर्थात अनुमानको सतप्रतिशत खर्च भएको उपमेयर बेघाले जानकारी दिए । ‘यसरी हेर्दा ८ महिना अवधिको पूँजीगत खर्च सन्तोषजनक नभएपनि दशैं तिहार जस्ता ठुला चाडपर्वहरु र बर्षाको समयलाई बिचार गर्दा संघीय सरकार र प्रदेश सरकारहरुको पूँजीगत खर्चको अवस्था अनुसार त्यति निराशाजनक नभए पनि अबका दिनमा हुने कार्यक्रमहरुलाई अझ सघनरुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ,’ बेघाले भने ।

भिडियो :

भिडियो :