धरान: राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं गोलकिपर एन्जिला तुम्बापोलाई धरानमा सम्मान गरिएको छ । 

एञ्जिलाको जीवनमा आधारित फिल्मको प्रर्वद्धन गर्ने क्रममा शनिबार धरानको फ्रेन्ड्स सिनेमा हल आएकी एजिलालाई धरान फुटबल क्लबले सम्मान गरेको हो । उनलाई क्लबका अध्यक्ष प्रताप तामाङले दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरेका थिए । यस्तै, फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठलाई पनि सम्मान पत्र प्रदान गरेका थिए । फिल्मका निर्देशक मिलन चाम्स र कलाकार सृर्जना सुब्बालाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

आफ्नै कथालाई फिल्मको उतारिए पछि फुटबलर एञ्जिला अहिले चर्चामा छिन् । उनको बायोपिक एञ्जिलाले राम्रो कमाई गरिरहेको छ । फिल्मको प्रर्वद्धन गर्नकै लागि उनी ग्रिसबाट शुक्रबार मात्र नेपाल आएकी हुन् । अहिले विभिन्न हलहरुमा पुगेर एञ्जिालले दर्शकलाई भेट गरिरहेकी छिन् । त्यसैक्रममा उनी शनिबार धरान आइपुगेकी थिइन् । 

anjila samman1 copy

फिल्ममा एञ्जिला आफैले अभिनय गरेकी छिन् भने उनको आमाको भुमिका सृर्जना सुब्बाले गरेकी छिन् । अञ्जिलाको बालकलाकारकोरुपमा धरानकी नमिक्क्षा मगरको अभिनय छ भने बुबाको भुमिकामा दयाहाङ राई छन् । कलाकार, निर्माता, निर्देशकको स्वागतमा याक्थुङ चलचित्र संघ नेपालले च्याब्रुङ बजाउदै फ्रेन्ड्स सिनेमा हलमा भव्य स्वागत गरेको थियो ।

एक कुशल खेलाडी बन्न कडा परिश्रम र सघर्षले मात्रै सफलता हासिल गरेकी एञ्जिलाको फिल्म हेरेर प्रेरणा मिल्ने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बताए। उनका अनुसा बुढासुब्बाको २४ औं र २५ औं संस्करणमा एञ्जिला फिल्मको प्रचार गरिएको थियो । 

भिडियो: