धरान: २५ औं गोधुली टेष्टी टेष्टी रनिङ कपमा धरानको वडा नं १५ फाइनल प्रवेश गरेको छ ।
धरान १६ स्थित रंगशाला सोमबार राती भएको पहिलो सेमीफाइनल खेलमा वडा नं ५ लाई टाइब्रेकरमा ४–२ गोलअन्तरले स्तब्ध बनाउदै वडा १५ उपाधि नजिक पुगेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट निर्णयक गोल हुन नसकेपछि टाइब्रेकरबाट छिनोफानो भएको हो ।
टाइब्रेकरमा वडा नं १५ का एरिक गुरुङ, मदन लावुङ, आस्तोस राई र नगेन राईको प्रहार गोलमा परिणत भएको थियो । वडा ५ को दुई वटा प्रहार असफल भएपछि एक खेलाडीले पेनाल्टी प्रहार बाँकी रहदै वडा १५ विजयी भएको हो ।
वडा ५ का अमित बिक मन्दिप राईको प्रहार मात्र गोलमा परिणत भएको थियो । टेकराज लिम्बुको प्रहार क्रसबारमा ठोक्किएको थियो भने गोलकिपर विपुल मगरको प्रहार आकासिएको थियो । खेलको म्यान अफ दि म्याच वडा १५ का सुगम जिमी घोषित हुदै नगद २५ सय हात पारे ।
वडा १५ ले उपाधिको लागि चैत २१ गते हुने फाइनलमा भोली मंगलबार हुने खेलको विजेताको सामना गर्नुपर्नेछ । मंगलबार वडा नं १४ र वडा नं १७ बीच दोस्रो तथा अन्तिम सेमीफाइनल खेल हुनेछ ।