धरान: धरान १० के रन १३ औं नेवा च्यारिटी २०८१ मा ओपन क्याटोगरीतर्फ पुरुष र महिला दुवैमा केन्याली धावकधाविका प्रथम भएका छन् ।
शनिबार बिहान सम्पन्न भएको दौड प्रतियोगितामा खुल्ला पुरुषतर्फ केन्याका विल्सन चेउलियट प्रथम भए भने महिलातर्फ शरन जरोटिच बिजेता बनिन् । पुरुषतर्फ विल्सनले निर्धारित १० किलोमिटरको दुरी ३० मिनेट ५५ सेकेण्डमा पुरा गर्दै विजेता भए । उनीभन्दा १३ सेकेण्डले पछि परेका केन्याकै जुलियस मरिउकी दोस्रो भए । उनले ३१ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पुरा गरेका थिए । जुम्लाका दुर्गा बहादुर बुढाले ३२ मिनेट ४४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए ।
महिलातर्फ केन्याली धाविका शरनले निर्धारित दुरी ३८ मिनेट ४२ सेकेण्डमा पुरा गर्दे प्रथम भइन् । नेपाल प्रहरीकी सुस्मिता कुमारी चौधरी ३९ मिनेट २८ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भइन् भने एपिएफकी दिपा परियार ३९ मिनेट ५९ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन् । पुरुष र महिला दुवैका प्रथम, दोस्रो र तेस्रो विजेताहरुले क्रमशः नगद ६० हजार, ४० र ३० हजार नगद पुरस्कार, मेडल र ट्रफी हात पारे ।
भेट्रानतर्फ पुरुषमा विजयकुमार राई, राकेश महर्जन र रामचन्द्र श्रेष्ठ क्रमशः प्रथम, दोस्रो र तेस्रो भए भने महिलातर्फ जमुना लिम्बु, सपना राई र सम्झना राई क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । भेट्रानतर्फको महिला र पुरुष प्रथम, दोस्रो, तेस्रो विजेताहरुले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार नगद, मेडल, ट्रफी पाए ।
यस्तै, मिड भेट्रानमा पुरुषतर्फ धर्म मर्हजन, सुवर्ण सुब्बा र नाम्पर लेप्जा क्रमशः प्रथम, दोस्रो र तेस्रो भए भने महिलातर्फ आनुदा तामाङ, होमदेवी पुन र शान्ता वानेम क्रमशः प्रथम, दोस्रो र तेस्रो भए ।
अण्डर १६ तर्फ पुरुषमा इश्वर राई, सुवास कुमार बिक र विकी यादव क्रमशः प्रथम, दोस्रो र तेस्रो भए भने महिलातर्फ जुहि राई, कुशल राई र पुजा महतारा क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । मिड भेट्रान र अण्डर १६ का विजेताहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाए ।
यसैगरि, सुपर भेट्रानतर्फ पुरुष विजेता कृष्ण तामाङ र महिलातर्फ जमुना त्रिखत्री मोक्तानले जनही नगद ५ हजार पुरस्कार पाए । प्राविधिक कारणले अण्डर १२ तर्फको नतिजा भने आयोजकले सार्वजनिक गरेको छैन । ह्विलचियर रेसका विजेता र स्थानीय धावकधाविकाहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा करिब ४ हजारको संख्यामा सहभागिता रहेको थियो ।
भिडियो: