धरान: स्ववियु चुनाव अन्र्तगत महेन्द्र बहुमुखी क्याम्पस धरानमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु गठबन्धनबाट सभापति प्रशान राई नेतृत्वको प्यानलै विजयी भएको छ । 

सभापतिमा गठबन्धनबाट नेविसंघका उम्मेदवार प्रशान राईले १२९१ मत पाएर निवार्चित भए । उनी यो क्याम्पसमा स्ववियु सभापतिमा नेविसंघबाट निवार्चित हुने दोस्रो सभापति हुन् । उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियनका युवराज राई (अलौकिक) ले ६०० मत मात्र पाए । उनी यसअघि स्ववियु सभापनि पनि थिए । सभापति पदमा अर्का उम्मेद्वार अखिल क्रान्तिकारीका तेजबहादुर राईले ९० मत र अखिल क्रान्तिकारी मोहन वैद्यकी उम्मेद्वार अमृता राईले ६ मत मात्र पाइन् । 

यसैगरि, सचिवमा गठबन्धन प्यानलबाट पवन बस्नेतले ११९३ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियनकी बिनिता लिम्बूले ६७२ मत पाइन् । अखिल क्रान्तिकारीका उम्मेद्वार एलन खड्काले १२० मत मात्र पाए । कोषाध्यक्षमा निर्वाचित आलोक लिम्बूले १३०४ मत पाएर निवार्चित भए । उनका निकटतम प्रतिस्पर्धी समाजवादी विद्यार्थी युनियनका जितेन दुमी राईले ५३५ मत मात्र पाए । यसतै, अखिल क्रान्तिकारीका कञ्चन ल्वागुनले १३१ मत मात्र पाइन् । 

swabiyu

यस्तै, सदस्यहरुमा पनि गठबन्धनका उम्मेद्वार ज्ञानेश राई (१२५५), निरज राई (१२८६), अस्मिन लिम्बू (१२७९), स्मृति राई (१२५४), देवानी राई (१२४७), विशाल लिम्बू (१२५९), विराज श्रेष्ठ (१२१३) र म्हार म्हेन्दो तामाङ (१२२२) निवार्चित भएका छन् । महेन्द्र क्याम्पसमा ४ हजार २ मतदाता थिए । त्यसमध्ये २१५० मत खसेको थियो ।

यसैगरि, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा स्ववियु सभापतिमा अखिल क्रान्तिकारीको समर्थन रहेको स्वतन्त्र प्यानलबाट पेशलराज कार्की विजयी भएका छन् । कार्कीले ४१३ मत पाएर निवार्चित हुँदा नेविसंघ रअनेरास्ववियु गठबन्धनका उम्मेद्वार अनिरुद्ध श्रेष्ठले ३६४ मत पाएर पराजित भए ।

सचिवमा भने नेविसंघ र अनेरास्ववियु गठबन्धनका विश्वेवर प्रसाद बढुले ४२७ मत पाएर निवार्चित भए । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र प्यानलका विकास तामाङ घिसिङले ४२७ मत पाए । यस्तै, कोषाध्यक्ष स्वतन्त्र प्यानलका नामसाङ्ग राई ४०८ मत पाएर निवार्चित भए । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका भुवन शाह शङ्करले ३५९ मत मात्र पाए । 

यसैगरि, सदस्यहरू अस्मिता सुवेदी (४२३), निशन पराजुली (४०७), राजकुमार कठेत (४०५), दिव्या रायमाझी (४०२), बरदान राई(३७२), हाङसु लिम्बु(३६८) र निजल तामाङ(३६६) मत पाएर निवार्चित भए ।केन्द्रीय प्रविधि क्याम्पसमा ९६२ मतदाता रहेकोमा ७८५ मत खसेको थियो ।

यसैगरि, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तीनकुनेमा नेविसंघका सभापति उम्मेद्वार सागर बस्याल विजयी भएका छन् । उनले ६६८ मत पाएर निवार्चित भए । उनका निकटतम प्रतिद्धन्दी समाजवादी विद्यार्थी युनियनका गणपति झाले ४४६ मत पाए भने अनेरास्ववियुका इश्वर बञ्जाडेले ३५२ मत पाए । 

यसैगरि, सचिवमा अनेरास्ववियुका प्रमिशा न्यौपानेले ५८० मत पाएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियनका अभिषेख यादवले ५६३ मत पाए । नेविसंघका अमरेन्द्रकुमार यादवले ४७२ मत पाए । यस्तै, कोषाध्यक्ष नेविसंघका यामनाथ गुरागाईले ६७४ मत पाएर निवार्चित भए । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रदीपराज तिवारीले ५३१ मत पाए भने संघीय विद्यार्थी युनियनका मणिराज साहले ४३६ मत पाए ।

सदस्यहरुमा नेविसंघका आशिष ढकाल (७७३), अनिस राजभण्डारी (७१४), जयन्त धामी (७८१), आयुष खतिवडा (५९५), विद्या भण्डारी (५८६) अनेरास्ववियुका अभिषेक कोइराला (६२९) र आयुष्मा ढकाल (५६६) निवार्चित भएका छन् । इन्जिनियरिङ क्याम्पसमा २३६२ मतदाता रहेकोमा १९८४ मत खसेको थियो ।