धरान: रात्रीकालिन अन्तर वडास्तरीय २५ औं टेस्टी टेस्टी गोधुली रनिङ कपमा धरान वडा नं १५ विजयी भएको छ। 

धरान १६ स्थित रंगशालामा शनिबार राती भएको खेलमा वडा नं ८ लाई २–० गोलअन्तरले हराउँदै वडा १५ दोस्रो चरणमा प्रवेश गरेको छ । वडा १५ को जितमा एरिक गुरुङ र निकेश राईले गोल गरेका थिए । 

godhuli 3rd day1

पहिलो गोल पहिलो हाफको २५ औ मिनेटमा एरिकले गरेका थिए । यस्तै, दोस्रो हाफको ३९ औं मिनेटमा निकेश राईले हेड गरेको वल वडा ८ का गोलकिपरले नियन्त्रणमा लिन असफल भए । खेलको म्यान अफ दि म्याच वडा १५ का एरिक गुरुङ घोषित भए।

भोली आइतबार दुई खेल हुने आयोजक गोधुली क्लबले जनाएको छ । पहिलो खेल धरान वडा नं ९ र १४ बीच बेलुकी साढे ५ बजे हुनेछ भने दोस्रो खेल वडा १ र ४ का बिच साझ ७ बजे हुनेछ ।